१४ किलो सुन छानबिन गर्न भन्सार विभागले ६ सदस्यीय छानबिन समिति गठन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २२ मंसिर २०८०, शुक्रबार
2 Min Read
Aa

काठमाडौँ,  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद करिब १४ किलो सुन छानबिन गर्न भन्सार विभागले ६ सदस्यीय छानबिन समिति गठन गरेको छ । बरामद १४ किलो सुनका विषयमा पत्रकार सम्मेलन गर्दै शुक्रबार विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको हो । पत्रकार सम्मेलनमा बोल्नुहुँदै त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा प्रहरी नायब उपरीक्षक प्रकाश सुवेदी, भन्सार अधिकृत डिल्लुप्रसाद शर्मा, भन्सार अधिकृत प्रकाश निरौला, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुङ्गाना रहेको बताउनुभयो ।प्रमुख भन्सार प्रशासक पाण्डे गएराति भन्सार विभागको टोलीले सुनसहित गोरखाका चन्द्र घलेलाई पक्राउ गरी प्रहरी थुनामा राखिएको जानकारी दिनुभयो । उहाँले फ्लाई दुबईको उडान नम्बर एफजेड– ५७३ बाट राति ११ः४० बजे काठमाडौं उत्रेका घलेलाई विमानस्थल भन्सारले पक्राउ गरेर अनुसन्धान गरिरहेको बताउनुभयो ।

उहाँले विमानस्थल भन्सार प्रमुख डा. टोकराज पाण्डे नेतृत्वको टोलीले मध्यराति विशेष सुराकीको आधारमा खानतलासी गर्दा सात थान बिस्कुट आकारको सुन बरामद गरेको बताउनुभयो । प्रमुख भन्सार प्रशासक पाण्डे चन्द्र घले र उक्त कार्यमा संलग्न गोरखाका अर्का मीनबहादुर घलेलाई समेत पक्राउ गरिएको जानकारी दिनुभयो ।प्रमुख भन्सार प्रशासक पाण्डे विशेष सुराकिको आधारमा बाहिरबाट सामान आउँदैछ भन्ने आधारमा केही दिनदेखि अन्तर्राष्ट्रिय उडानहरुमा निगरानीमा रहेको बताउनुभयो । उहाँले १० किलोसम्म सुन बरामत हुनसक्ने सुराकिको आधारमा भन्सार विभाग परिचालित भएको बताउनुभयो । पक्राउ पर्नेहरुको प्रारम्भिक बयानमा सुन नै हो भन्ने रहेको उहाँको भनाइ छ ।

उहाँले सुन सजिलै बाहिर ल्याउन सक्ने सम्भावना नभए पनि भन्सारको सूक्ष्म निगरानीका कारण भन्सार विभागले विमानबाट नै नियन्त्रणमा लिन सफल भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array