शिवपुरी गाउँपालिकाका सवै स्वास्थ्य संस्थामा अब अक्सीजन कन्सन्टेटर र अक्सीजन सिलीण्डर उपलव्ध हुने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १७ पुष २०८०, मंगलवार
2 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । शिवपुरी गाउँपालिकाका सवै स्वास्थ्य संस्थाहरुमा अव अक्सीजन कन्सन्टेटर र अक्सीजन सिलीण्डर सहितको आपतकालीन उपचारमा प्रयोग हुने सामग्रीहरु सहज रुपमा उपलव्ध हुने भएको छ ।
गाउँपालिकाका अध्यक्ष गोबिन्द प्रसाद थपलियाको पहलमा स्वास्थ्य कार्यालय नुवाकोटले उपलव्ध गराएको १० लिटरको १२ थान अक्सीजन कन्सन्टेटर र ४६ लिटरको १२ थान अक्सीजन सिलीण्डर सहितको सामग्रीहरु आज स्वास्थ्य संस्थाहरुलाई बितरण गरिएको छ ।

May be an image of 5 people and text that says 'EN RATOR'
शिवपुरी गाउँपालिकाको कार्यालयमा आज आयोजित एक कार्यक्रममा स्वास्थ्य कार्यालय नुवाकोटका स्वास्थ्य कार्यालय प्रमुख, बरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीले स्वास्थ्य संस्थाहरुलाई सामान हस्तान्तरण गर्नुभयो । साथै सो अवसरमा अधिकारीले शिवपुरी आधारभुत अस्पताल र सल्लेमैदान स्वास्थ्य चौकीका लागि ीबद सामग्री समेत हस्तान्तरण गर्नुभयो ।
शिवपुरीका सवै स्वास्थ्य संस्थामा अक्सीजन कन्सन्टेटर र अक्सीजन सिलीण्डर उपलव्ध हुने भएपछि आपतकालीन उपचारका लागि शिवपुरीबासीहरुले अन्यत्र धाउनु पर्ने बाध्यतालाई अन्त्य गर्ने विश्वास व्यक्त गरिएको छ ।
कार्यक्रममा शिवपुरी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष चन्द्र बा गुरुङ, वडा नं ५का वडा अध्यक्ष रेशम बहादुर मोक्तान, वडा नं ७ का वडा अध्यक्ष वीर बहादुर तामाङ, समाजसेवी एवं जनज्ञान निकेतन मा.विका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि प्रसाद सिटौला सहित स्थानीयवासी, जनप्रतिनिधि र गाउँपालिकाका कर्मचारीहरुको उपस्थीति रहेको थियो ।
शिवपुरी गाउँपालिकाका अध्यक्ष हुनुपुर्व पनि अध्यक्ष थपलियाले कोरोना महामारीको समयमा शिवपुरी गाउँपालिकालाई अक्सीजन कन्सन्टेटर सहितका लाखौं मुल्य बराबरको स्वास्थ्य सामग्री उपलव्ध गराउनुभएको थियो ।

May be an image of 4 people and text

dfdf

May be an image of 6 people and people smiling

df

प्रतिक्रिया दिनुहोस्

Array