कर्तव्य ज्यान मुद्दाका अभियुक्त सुकु तामाङ पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २० पुष २०८०, शुक्रबार
2 Min Read
Aa
नुवाकोट, जिल्ला नुवाकोट शिवपुरी गाउँपालिका वडा नं.०६ बखतीटोल ( खत्रीटोल) बस्ने बर्ष ७५ कि एकल महिला नेत्र कुमारी घर्ती क्षेत्री निजकै घरसंगै रहेको बाख्राको खोरमा मृत अवस्थामा फेला परेको र निजले कानमा लगाएको बेरुवा सुन खोसिएको र घरको बाकसमा रहेको नगद तथा गरगहना समेत लुटिएको अवस्थामा रहेको भनि प्रहरीलाई सूचना प्राप्त हुनसाथ प्रहरी टोली खटि गई सुक्ष्म अनुसन्धान गर्दा घटनामा संलग्न भई फरार रहेको ऐ.ऐ.साल्मेटार बस्ने बर्ष २२ को सुकु तामाङलाई लुकिछिपी बसी रहेको अवस्थामा बिशेष सूचनाको आधारमा पक्राउ गर्न सफल भएको, अनुसन्धानको क्रममा मिति २०८०।०९।१६ गते राती अन्दाजी १०:०० बजेको समयमा नै हत्या गरी निजले लगाएको सुनको गरगहना तथा घरमा रहेको नगद, गरगहना लुटी फरार भएको र निज अभियुक्तले बताए अनुसार जिल्ला काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका वडा नं.०६ स्थित च्यासिङटोलको जंगलमा झाडी मुनि जमिनमा गाडेर राखेको अवस्थामा रु.८३,०००/- ( अक्षेरुपी त्रियासी हजार ) नगद, १ जोडी बेरुवा सुन, पोते बिनाको सानो तिलहरी थान -१ बरामद गर्न सफल भएको । उक्त अनुसन्धान कार्यमा केनाईन महाशाखा महाराजगञ्जबाट प्रहरी अधिकृतको कमाण्डमा रहेको तालिम प्राप्त दक्ष कुकुरले घटना अनुसन्धानमा महत्वपूर्ण सहयोग गरेको, निजलाई मिति २०८०।०९।१९ गते सम्मानित नुवाकोट जिल्ला अदालतबाट मुलुकी अपराध संहिता २०७४ बमोजिम ज्यान सम्वन्धी कसुर कर्तव्य ज्यान मुद्दा शिर्षकमा दिन ०७ (सात) को म्याद अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको ।

प्रतिक्रिया दिनुहोस्

Array