एन्जल्स हार्ट स्कुल फुटबल क्लब गोल्ड कोस्ट अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा पराजित

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३ माघ २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं । एन्जल्स हार्ट स्कुल फुटबल क्लब गोल्ड कोस्ट अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा मंगलबार पराजित भएको छ । अस्ट्रेलियाको गोल्ड कोस्टमा मंगलबारदेखि सुरु प्रतियोगिताको पहिलो खेलमा क्यारिना फुटसलले एन्जल्स हार्टलाई ९–१ गोलले पराजित गरेको टिम व्यवस्थापक सुमिन तिमल्सिनाले जनाएका छन् । एन्जल्स हार्टका लागि अभिनम गौतमले गोल गरे ।
एन्जल्स हार्ट समूह ‘सी’ मा रहेका छ । यो समूहमा एन्जल्स हार्टसहित ५ टिम छन् । बुधबार एन्जल्स हार्टले इप्सविच फुटसलसंग खेल्ने छ । जनवरी १९ मा २ खेल्ने एन्जल्स हार्टले इस्ट सिटी वुल्भ्स र बुन्दवर्ग वाइल्ड क्याट्सको सामना गर्ने छ । एन्जल्सको सबै प्रतिद्वन्द्वी टोली अस्ट्रेलियाका हुन् ।

प्रतिक्रिया दिनुहोस्

Array