मानिस सनाखत गरिदिने सम्बन्धमा जिल्ला प्रहरी कार्यालय नुवाकोटको विशेष अनुरोध

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २८ माघ २०८०, आईतवार
1 Min Read
Aa
नुवाकोट, जिल्ला नुवाकोट विदुर न.पा.वडा नं. २ चुच्चे ढुङ्गा पाखो जंगल खोल्साको बिचमा रहेको अरेली काडाको लहराको रुखमा पश्चिम दिशातर्फ अनुहारको भाग भई दाहिने खुट्टाको पैतालाले जमिनको भागमा छोई अनुहारको भाग र शरिरको अन्य भाग समेत औँशा परी अनुहारको भाग नचिनिने गरी दुर्घन्धित अबस्थामा माथिल्लो भागमा निलो कालो रङको हुडी, कालो रङको सुईटर, कम्मरको भागमा निलो रङको पटुकी, शरिरको तल्लो भागमा कालो रङको ट्रयाक, भित्र पट्टी कालो रङको टाउजर, खुट्टामा Sports लेखिएको कालो सेतो रङको मोजा लगाएको उचाई ५ फिट ३ ईन्च भएको नामथर वतन नखुलेको बर्ष अं.३०/३५ को पुरुष व्यक्ति नाम्लोको पासो लगाई झुण्डी मृत अवस्थामा मृत लाश फेला परेको घटना सम्बन्धमा मृतक लाश सनाखत तथा पहिचान हुन नसकेको हुँदा कोही कसैको परिवारको सदस्य, आफन्तजन तथा साथी संगी हराईरहेको, कोही कसैको घर कोठामा डेरा गरी बस्ने मानिसहरु सम्पर्कमा नआएको, कुनै उद्योग तथा कलकारखाना, कम्पन्नी, पसल वा कार्यालय लगाएतमा काम गर्ने मानिस/कामदार सम्पर्कमा नआएको भएमा यस घटना सम्बन्धमा कोही कसैलाई थाहा/जानकारी भएमा नजिकैको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय नुवाकोटको (प्रहरी नियन्त्रण कक्ष) १००, ९८५१२८२८११, ९८५१२५३७२४ मा जानकारी गराई यो पोष्ट समेत शेयर गरी अनुसन्धान कार्यमा सहयोग गरि दिनुहुन हार्दिक अनुरोध गरिएको छ ।
May be an image of grouse and grassMay be an image of tool bag and textMay be an image of 1 person

प्रतिक्रिया दिनुहोस्

Array