राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको जारी खेलमा २३ स्वर्ण सहित तारकेश्वर पहिलो,तारकेश्वरलाई पछ्याँउदै काठमाण्डौं महानगर

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ८ फाल्गुन २०८०, मंगलवार
3 Min Read
Aa

रबिन थपलिया । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितको जारी खेलमा काठमाण्डौं महानगरपालिकालाई पछि पादै तारकेश्वर नगरपालिकाले अग्रता लिएको छ ।
काठमाडौं जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित जिल्ला स्तरीय १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितको चौथो दिनको खेल समाप्त हुंदा सम्म तारकेश्वर नगरपालिका २३ स्वर्ण, १५ रजत र १० कास्य पदक सहित काठमाण्डौं जिल्लाकै पहिलो बनेको छ भने काठमाण्डौं महानगरपालिका १८ स्वर्ण सहित दोश्रो स्थानमा रहेको छ ।
चार दिन देखि जारी खेलकुद प्रतियोगितामा आज तारकेश्वर नगरपालिकाले एथलेटिक्स खेलबाट १० स्वर्ण हात पादै काठमाण्डौं महानगरपालिकालाई पछी पारेको हो । तेश्रो दिनको खेल सक्किंदा सम्म हिजो काठमाण्डौं महानगरपालिका र तारकेश्वर नगरपालिका समान १३ स्वर्ण सहित बराबरीमा थिए ।
प्रतियोगिताको लागि भएको ६० खेलमा सहभागी भएको तारकेश्वर नगरपालिकाले ४८ वटा खेलमा पदक जितेको छ । हाल सम्म तारकेश्वरले एथलेटीक्समा १० स्वर्ण,१ रजत र १ कास्य, तेकान्दोमा ३ स्वर्ण, ५ रजत र ५ कास्य, कराँतेमा ६ स्वर्ण, ३ रजत र २ कास्य, उसुमा ३ स्वर्ण, ६ रजत र १ कास्य, भलिबलमा छात्र तर्फ १ स्वर्ण पदक जितेको तारकेश्वर नगरपालिकाको नगरशिक्षा शाखाका अधिकृत शन्तोष खनालले बताउनुभयो । तारकेश्वरले सहभागीता जनाएको कबाडी खेलमा भने कुनै पनि पदक जितेको छैन् ।
तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले जारी खेलमा तारकेश्वर नगरपालिकाले अग्रता लिनु सुखद रहेको बताँउदै पदक बिजयी खेलाडीहरुलाई बधाई र सुभकामना व्यक्त गर्नुभयो ।
अग्रतापछि तारकेश्वको शिक्षा क्षेत्र उत्साहीत
चौथो दिनको खेल समाप्त हुंदा काठमाण्डौं महानगरपालिकालाई पछि पादै तारकेश्वर नगरपालिकाले अग्रता लिएपछि तारकेश्वर नगरपालिकाका नगर शिक्षा समिति सदस्य एवं लालिगुराँस नेश्नल एकेडेमिका प्रिन्सीपल गोपाल बुढाथोकीले सामाजिक सञ्जालमा विद्यालय खेलकुंदमा तारकेश्वर नगरपालिकाले स्वणीम इतिहाँस रच्न लागको भन्दै खुसी व्यक्त गर्नुभएको छ ।
त्यस्तै तारकेश्वर नगरपालिकाको शिक्षा शाखा प्रमुख पदम बहादुर खत्रीले चौथो दिनको खेल समाप्त हुंदामा तारकेश्वर नगरपालिका पहिलो हुनु सुखद रहेको भन्दै सबैलाई बधाई दिनुभएको छ ।
त्यस्तै मनमैजु मा.विकी प्रधानाध्यापक रबिना महर्जन र जितपुर मा.विका प्रधानाध्यापक हरि कृष्ण अर्यालले जारी खेलमा तारकेश्वरले अग्रता लिनु तारकेश्वर नगरपालिकाको लागि सुखद खबर रहेको बताउनुभयो ।
गत बर्ष पहिलो पटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितमा सहभागीता जनाएको तारकेश्वर नगरपालिका काठमाण्डौं जिल्लाको दोश्रो बनेको थियो ।
तारकेश्वर नगरपालिकामा नगरप्रमुख कृष्ण हरि महर्जन बिजयी भएर आएसंगै खेलकुद क्षेत्रको बिकासमा नगरपालिकाले लगानी बढाँउदै आएको छ । उमाकुम्फुको पुर्व खेलाडी समेत रहनु भएका नगरप्रमुख महर्जनको सक्रियतामा तारकेश्वरमा गतबर्ष देखि मेयर कप रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुंदै आइरहेको छ । नगरपालिकाले यस बर्ष खेलकुद क्षेत्रको लागि १ करोड भन्दा बढी बजेट बिनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array