UNIFIL लेवननमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली 

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १३ फाल्गुन २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं,   संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि United Nations Interim Force in Lebanon (UNIFIL), लेवननमा तैनाथ श्री पुरानो गोरख गण (शान्ति सेना) ६४ औं डफ्फालाई बदली गर्नको लागि श्री ईन्द्रध्वज गण (शान्ति सेना) ६५ औं डफ्फाका २१४ जना नेपाली शान्ति सैनिकहरु गणपति प्रमुख सेनानी अर्जुन विक्रम थापाको नेतृत्वमा UN Chartered Flight मार्फत आज मिति २०८० फाल्गुण १३ गते काठमाण्डौंबाट मिसन ईलाकातर्फ प्रस्थान गरेका छन् ।  यस्तै, सो मिसनमा कार्यरत रही आफ्नो कार्यकाल सम्पन्न गरेका २०८ जना नेपाली शान्ति सैनिकहरू सेनानी सुशिल बाँनियाको नेतृत्वमा मिति २०८० फाल्गुण १३ गते नै स्वदेश फर्किएका   छन् ।    हाल उक्त मिसनमा नेपाली सेनाका ८७३ जना शान्ति सैनिकहरू कार्यरत छन् ।

 

प्रतिक्रिया दिनुहोस्

Array