जितेन्द्र राई  हालसम्म पक्राउ परेका छैनन् : महानिरिक्षक बसन्त कुँवर

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २४ फाल्गुन २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं ,  सहकारी ठगी मुद्दामा फरार रहेका गितेन्द्रबाबु राई (जीबी राई)  हालसम्म पक्राउ नपरेको नेपाल प्रहरीले  जनाएको छ । बिहानैदेखि राईलाई सिंगापुरबाट पक्राउ गरेको समाचार सार्वजनिक भएपछि प्रहरीले अहिलेसम्म राई पक्राउ नपरेको जनाएको हो ।राई बिरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीकाे अनुराेधमा इन्टरपाेलकाे काठमाडाैं एनसीबी मार्फत रेड नाेटिस जारी भएकाे छ । प्रहरीले राई मलेसिया सिंगापुर कम्बाेडिया र युनाइटेड अरब इमिरेटसमा हुनसक्ने नाेटिसमा उल्लेख गरेकाे छ । साेही अनुसार उल्लेखित देशका इन्टरपाेल सदस्यहरुले उनकाे खाेजी गरिररहेका छन् ।

राई कुनैपनि देशमा पक्राउ परेकाे भए सम्बन्धित देशले नेपालकाे काठमाडाै‌ं एनसीबीलाई इमेल मार्फत जानकारी गराउछ् । याे समाचार तयारगर्दासम्म प्रहरीले विभिन्न देशमा राई पक्राउका विषयमा साेधपुछ गरिरहेकाे छ । नेपाल प्रहरीका महानिरिक्षक बसन्त कुँवरले पर्दाफाससँग राई हालसम्म पक्राउ नपरेको बताए । उनले भने, ‘हामी इन्टरपोलमार्फत खोजी गर्दैछौं । अहिलेसम्म पक्राउ परेको छैन ।’

प्रतिक्रिया दिनुहोस्

Array