नेप्से परिसूचक १३ दशमलव ५१ अंकले उकालो

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २४ फाल्गुन २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौँ ।  एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ५१ अंकले उकालो लागेर दुई हजार ३० दशमलव ५५ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ९० अंकले उकालो लागेर तीन सय ६० दशमलव २७ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा १० उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ । कूल ८९ लाख २९ हजार एक सय ५२ कित्ता शेयर रु तीन अर्ब १९ करोड ९२ लाख पाँच हजार आठ सय २० मूल्यमा कारोबार भयो । नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

Array