प्रधान सेनापतिसँग चिनीया जनमुक्ति सेनाको International Military Cooperation Office का उपप्रमुखद्वारा शिष्टाचार भेट

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २७ फाल्गुन २०८०, आईतवार
1 Min Read
Aa

प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मासँग Chinese People’s Liberation Army को International Military Cooperation Office का उपप्रमुख Major General Zhang Baoqun ले आज फाल्गुण २७ गते जंगी अड्डास्थित प्रधान सेनापतिको कार्यालयमा शिष्टाचार भेटघाट गर्नु भएको छ । भेटघाटका अवसरमा दुइ छिमेकी देशहरूका साथै नेपाली सेना र चिनीया जनमुक्ति सेना बिच रहिआएको सम्बन्धका विविध पक्षहरु एवं आपसी चासोका विषयहरुमा छलफल भयो ।/  मिति २०८० फाल्गुण २६ गते नेपालको भ्रमणमा आएको Maj Gen Baoqun नेतृत्वको टोलीले काठमाडौं, लुम्बिनी तथा पोखराका विभिन्न सांस्कृतिक र पर्यटकीय स्थलहरुको भ्रमण गर्ने कार्यक्रम
छ । चार दिवसीय भ्रमणका लागि आएको ६ (छ) सदस्यीय उक्त टोली फाल्गुण २९ गते (१२ मार्च २०२४) चीनका लागि प्रस्थान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

Array