वाणिज्य बैैंकले चैत महिनाका लागि ब्याजदर सार्वजनिक,फागुनको तुलनामा ब्याजदर ६.५७ प्रतिशतले वृद्धि

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३० फाल्गुन २०८०, बुधबार
2 Min Read
Aa

काठमाडौं । वाणिज्य बैैंकले चैत महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । फागुनको तुलनामा धेरै बैंकले ब्याजदर चैतमा घटाएका छन् । बैंकहरुले प्रकाशित गरेको ब्याजदर अनुसार फागुनको तुलनामा औषतमा चैतमा ब्याजदर ६.५७ प्रतिशतले बढाएको छ । फागुनमा बैंकहरुको ब्याजदर औषतमा ७.७५ प्रतिशत रहेको थियो । चैतमा ७.२४ प्रतिशत रहेको छ ।

१७ वटा बैंकले ब्याजदर घटाउँदा २ वटाको स्थिर रहेको छ भने एनआईसी एशिया बैंकको भने बढेको छ । एनआईसी एशिया बैंकको ब्याजदर फागु्नमा ८ प्रतिशत रहेको थियो । चैत भने फागुनको तुलनामा ६.७५ प्रतिशतले बढेर ८.५४ प्रतिशत पुगेको छ । प्रभु बैंक र ग्लोबल आइएमई बैंकले भने फागुनको ब्याजदरलाई नै चैतमा पनि कायम गरेका छन् ।

फागुनमा प्रभुको ७.५ र ग्लोबलको ७.६ प्रतिशत ब्याज रहेको थियो । चैतमा पनि यही नै कायम हुने छ । बैंकले अपेक्षा अनुसार कर्जा प्रवाह गर्न नसक्दा निक्षेपको ब्याजदर सस्तो हुँदै गएको छ । निक्षेपमा सबैभन्दा न्यून ब्याजदर कृषि विकास बैंकको रहेको छ । चैतमा बैंकको ब्याजदर ५.६६ प्रतिशत रहेको छ ।

बैंक फागुनको ब्याजदर चैतको ब्याजदर
कृषि विकास बैंक ६.४४३ ५.६६
एभरेष्ट बैंक ६.५
नेपाल बैंक ७.२५
लक्ष्मी सनराइज बैंक ७.५
माछापुच्छ्रे बैंक ७.७५
एनआईसी एसिया बैंक ८.५४८
प्रभु बैंक ७.५ ७.५
स्टान्डर्ड चार्टर्ड बैंक ७.३५
राष्ट्रिय वाणिज्य बैंक ७.३५
नबिल बैंक ७.७५ ७.२५
ग्लोबल आईएमई बैंक ७.६ ७.६
सिद्धार्थ बैंक ७.५
प्राइम कमर्सियल बैंक ७.४ ७.२५
कुमारी बैंक ८.०१ ७.५१
सानिमा बैंक ७.५१ ७.२५
हिमालयन बैंक ८.१५ ७.५
नेपाल एसबीआई बैंक ८.१ ७.०१
नेपाल इन्भेष्टमेन्ट बैंक
एनएमबी बैंक ८.५
सिटिजन्स बैंक ८.२५ ७.७५

 

Annapurantv

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array