नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको महशुल नतिर्ने स्थानीय तहलाई विद्युतको लाइन काट्ने चेतावनी

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १६ चैत्र २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको महशुल नतिर्ने स्थानीय तहलाई विद्युतको लाइन काट्ने चेतावनी दिएको छ । शुक्रबार सूचना प्रकाशन गरेर प्राधिकरणले विभिन्न स्थानीय तहहरूले सडक बत्ती बालेको तर त्यसबापत उठेको बिजुलीको महशुल नबुझाएको बताउँदै यथाशिघ्र महशुल बुझाउन ताकेता गरेको हो । प्राधिकरणका अनुसार सडकबत्ती बालेबापत ६ अर्ब रूपैयाँ बक्यौता रकम उठ्न बाँकी छ । प्राधिकरणबाट स्वीकृति नलिई सडक बत्ती जडान गर्नु नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ (संशोधनसहित)को दफा २ को खण्ड (ङ १) बमोजिम गैरकानुनी रहेको प्राधिकरणले स्पष्ट पारेको छ । अनधिकृत तवरले विद्युत् सेवा उपभोग गरेमा सोही ऐनको दफा २३ बमोजिम विद्युत् लाइन काट्न सकिने व्यवस्था रहेको प्राधिकरणले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array