प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २५ बैशाख २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौँ ।  नेपाल सरकार, मन्त्री परिषद्को मिति २०८१ वैशाख २० गतेको निर्णय अनुसार प्राड उपरथी दर्जामा पदोन्नति हुनु भएका सेना प्राड विवाकका प्राड सहायक रथी श्री जीवन प्रसाद दाहाललाई मिति २०८१ वैशाख २४ गते प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले जंगी अड्‌डामा आयोजित एक कार्यक्रमका बिच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ । साथै, पदोन्नति हुनु भएका        प्राड उपरथी श्री दाहाललाई सोही विवाकको जिम्मेवारी दिइएको छ । कार्यक्रममा बलाधिकृत रथी श्री अशोक राज सिग्देल, रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति हुनुभएका रथीवृन्दको परिवारजनको उपस्थिति थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Array