“अमेरिकी डलर देखाई ठगी गर्ने व्यक्तिहरु पक्राउ”

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २८ बैशाख २०८१, शुक्रबार
1 Min Read
Aa
काठमाडौं, जिल्ला दोलखा मेलुङ गा.पा. वडा नं १ घर भई हाल जिल्ला ललितपुर माहालक्ष्मि नगरपालिका वडा नं ७ चाँगाथलीमा फर्निचर व्यवसाय गरी बस्ने वर्ष ३१ को रविन्द्र कोइरालालाई व्यापारको सिलसिलामा तपाईसँग हाम्रो पुरानो चिनजान छ, अहिले हामीसँग १५,५०० अमेरिकी डलर छ तपाईलाई सस्तोमा साटी दिन्छौ भनि ९८११८६८१२९,९८२६८४०३९८ नम्बरबाट चैत्र महिनाको पहिलो हप्ता देखि नियमित सम्पर्क गरी प्रलोभनमा पारी मिति २०८१।०१।०६ गते १२:०० बजेको समयमा जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा.४ स्थित कोरियन अस्पताल पछाडी रहेको बिष्णुवीर मन्दिरमा लगी अमेरिकी डलर भनी कागजको बिटो रुमालमा पोको पारी दिई निजको साथमा रहेको नगद रु.५,००,०००।– (पाँच लाख) ठगी गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न निम्न प्रतिवादीहरुलाई अपराध अनुसन्धान शाखा भक्तपुरबाट खटिएको प्रहरी टोलीले अपराध अनुसन्धान शाखा बालाजुको सहयोगमा मिती २०८१।०१।२७ गते जिल्ला काठमाण्डौ तार्केश्वर न.पा. वडा नं. ८ डाँडागाँउबाट नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी परीसर भक्तपुर पठाईएको ।

प्रतिक्रिया दिनुहोस्

Array