मुस्लिम समुदायले शिक्षामा जोड दिन आवश्यक : समिम मियाँ अन्सारी

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २९ बैशाख २०८१, शनिबार
2 Min Read
Aa

बाँके । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मुस्लिम समुदायले शिक्षामा जोड दिन आवश्यक रहेको बताउनु भएको छ । नरैनापुर गाउँपालिकामा रहेका मदरसाहरूको आज बिहीबार स्थलगत अनुगमन गरे नेपालगन्ज फर्किने क्रममा अध्यक्ष मियाँले समुदायमा रहेको अशिक्षाको कारण पछाडि परेको कुरा उल्लेख गर्दै उहाँले राज्यको हरेक तहमा मुस्लिम समुदायको प्रतिनिधित्वको आयोगले पहल गर्दै आएको बताउनु भएको थियोअध्यक्ष अन्सारीले मुस्लिम आयोगले समुदायको शिक्षामा बढी जोड दिएको बताउँदै लोकसेवा आयोगका लागि निःशुल्क तयारी कक्षा सञ्चालन गरिरहेको जानकारी दिँदै उहाँले शिक्षालाई व्यवस्थित गर्दै मदरसा शिक्षालाई मूलधारमा ल्याउन मदरसाको व्यवस्थापन हुनु पर्ने धारणा राख्नु भयो ।

उहाँले मदरसा शिक्षालाई आधुनिक शिक्षा प्रणालीमा जोड्दै वैज्ञानिक शैक्षिक पद्धति अवलम्बन गर्दै शिक्षामा आयोगको विशेष जोड रहेको बताउँदै नरैनापुरमा किशोरीहरूको अध्ययनका लागि क्याम्पस स्तरको विद्यालय स्थापनाका लागि पहल गर्ने प्रतिबद्धता गर्नु भएको थियो ।यस्तै नरैनापुरमा आयोगका अध्यक्ष अन्सारी सहित आयोगका सदस्यहरूलाई स्वागत गर्दै गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले नरैनापुरमा २६ वटा मदरसा रहेपनि भौतिक पूर्वाधार र योग्य जनशक्ति नहुँदा मदरसाहरूको अवस्था दर्दनाक रहेको बताउँदै भौतिक पूर्वाधार र कन्या क्याम्पस स्थापनाका लागि पहल गरी दिन माग गर्नु भएको थियो ।

आयोगका सदस्य शम्सुल हलले आफूहरूले हक अधिकारकलालागि विगतमा लडाई लडेको बताउँदै उहाँले त्यसको उपलब्धी स्वरूप धेरै कुरा प्राप्त हुँदै आएको भए पनि पूर्णरुपमा अधिकार स्थापित भई नसकेको जिकिर गर्नु भयो । उहाँले अरूको अधिकार खोस्ने होइन आफ्नो अधिकार जोगाउन मुस्लिम आयोग लागेको बताउनु भयो ।कार्यक्रममा मुस्लिमका सदस्य महमदिन अली, नरैनापुर २ का वडा अध्यक्ष मसूद शाह, डा. वकार, समाज सेवी रिजवान शाह लगायत स्थानीयहरूको सहभागितामा मदरसा सिराजिया इस्रारुलउलूल, आर्दश मा.वि लगायतको अनुगमन गर्नु भएको थियो ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array