रोजमेरी आइडल बोडीङको अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न, प्रशिक्षकको प्रस्तुतीमा अविभावक भाबुक बने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २९ बैशाख २०८१, शनिबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं ७ स्थीत रोजमेरी आइडल बोडीङ स्कुलको अभिभावक अभिमुखिकरण कार्यक्रम २०८१ सम्पन्न भएको छ ।
विद्यालयले नयाँ शैक्षिक सत्रको बार्षिक क्यालेन्डर अनुसार आज टुसाल मल्टीभेन्युमा सयौं अभिभावकहरुको उपस्थीतिमा अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो ।

May be an image of 6 people and wedding
विद्यालयका संरक्षक रामकृष्ण मर्हजनले अभिभावक अभिमुखिकरण कार्यक्रमको पानसमा बत्ती बालेर उदघाटन गर्नुभएको थियो । विद्यालयका अध्यक्ष सुरज महर्जनको सभापतित्वमा सम्पन्न कार्यक्रममा रोजमेरी आइडल बोडीङका शिक्षक संरक्षण समितिका अध्यक्ष सिताराम थापामगर सहित विद्यालयका सञ्चालकहरु, शिक्षकहरु, अभिभावकहरु लगायतको उपस्थीति रहेको थियो ।
अभिमुखिकरण कार्यक्रममा लाईफ म्यानेजमेन्ट कोच इश्वर श्रेष्ठले अविभावकहरुलाई असल अविभावक कसरी बन्ने, बालबालीकाको मनोभावना कसरी बुझने, राम्रो विद्यालय कसरी छान्ने, जीवनमा कसरी खुसी र सुखी हुने लगायतको महत्वपुर्ण टिप्सहरु अभिभावकहरुलाई प्रदान गर्नुभएको थियो ।

May be an image of 3 people, dais and text
विद्यालयका प्रधानाध्यापक डिपि दाहालले विद्यार्थीलाई समय अनुकुल संस्कार सहितको गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता रहेको बताँउदै बोलेर भन्दा पनी रिजल्टमा देखिने खालको परिणाममुखी शिक्षा दिन बिद्यालय लागि परेको बताउनुभयो ।
४० जना विद्यार्थीबाट सुरु गरिएको विद्यालय यो अवस्थामा आउनुमा अभिभावकहरुको महत्वपुर्ण भूमिका रहेको बताँउदै प्रधानाध्यापक दाहालले यसै बर्ष देखि कक्षा ११ को पढाई सुरु गर्न लागिएको बताउनुभयो ।

May be an image of 3 people, dais and text
अभिभावक अभिमुखिकरण कार्यक्रममा लाईफ म्यानेजमेन्ट कोच इश्वर श्रेष्ठको प्रस्तुतीमा अभिभावकहरु भाबुक समेत बनेका थिए । कार्यक्रममा सहभागी अभिभावकहरुले विद्यालयले निकै महत्वपुर्ण अभिमुखिकरण कार्यक्रम आयोजना गरेको भन्दै विद्यालयलाई धन्यवात दिएका थिए । अभिमुखकीकरण कार्यक्रममा प्रतिकृया दिंदै विद्यालयका अभिभावक हरिराज दवाडीले अभिमुखीकरण कार्यक्रम निकै फलदायी बनेको बताँउदै यहाँ सिकेको ज्ञानलाई व्यवहारमा लागु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

May be an image of dancing, crowd and wedding

May be an image of 6 people and dais

ghgh

May be an image of 4 people, dais and temple

May be an image of 6 people

May be an image of 1 person and crowd

vfg

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array