रबिन थपलिया । काठमाण्डौं । बैशाख २९ । तारकेश्वर नगरपालिकाको नगरस्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा तारकेश्वर नगरपालिका वडा नं १० स्थीत लोकतान्त्रीक चोकमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
बिहान ११ बजे देखि ३ बजे सम्म सञ्चालन भएको रक्तदान कार्यक्रममा वडा नं १० का वडा सदस्य बिक्रम महर्जन सहित २१ जनाले रक्तदान गरेको तारकेश्वर नगर स्वास्थ्य शाखाका प्रमुख बिनोद कुमार शाहले जानकारी दिनुभयो । शाहका अनुसार नगर स्वास्थ्य शाखाको कार्यक्रम अन्तर्गत तारकेश्वरका ११ वटै वडाहरुमा यस्ता रक्तदान कार्यक्रम आयोजना गरिनेछ । शाखाको आयोजनामा तारकेश्वरका वडा नं २,४ र ११ र आज वडा नं १० मा रक्तदान कार्यक्रम सम्पन्न भइसकेको छ । उक्त वडाहरुमा एक सय २० पिन रगत संकलन भएको तारकेश्वर नगरस्वास्थ्य शाखाका अधिकृत गणेश कुंवरले बताउनुभयो ।
कार्यक्रममा रक्तदान गर्ने रक्तदाताहरुलाई तारकेश्वर नगरपालिका वडा नं १० का अध्यक्ष कुमार राई, तारकेश्वर नगरस्वास्थ्य शाखाका प्रमुख बिनोद कुमार शाह, तारकेश्वर नगरकार्यपालीका सदस्य शान्ता थपलिया, नगरस्वास्थ्य शाखाका अधिकृत गणेश कुंवरले प्रमाणपत्र प्रदान गर्नुभयो ।
तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनको पहलमा गत बर्ष तारकेश्वर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी बिच नगरवासीहरुलाई निशुल्क रगत उपलव्ध गराउने सम्बन्धी सम्झौता भएको थियो । सम्झौता पछि तारकेश्वर नगरपालिकाका स्थायीबासीहरुले नेपाल रेडक्रस सोसाइटीको ब्लड बैक बाट रगत लिंदामा कुनै शुल्क तिनुपदैन् । रेडक्रसले सबै बिरामीहरुलाई निशुल्क रगत उपलव्ध गराएपनि रगतको क्रसम्याच लगायतको लागि भने शुल्क लिने गरेको छ । तारकेश्वर नगरपालिकासंगको सम्झौता पछि रेडक्रसले तारकेश्वर नगरपालिकाका स्थायीबासी नागरिकहरुले उपचारका लागि रगत लिंदामा शुल्क भने लिने छैन् ।



fgdfg





fhf


प्रतिक्रिया दिनुहोस्