श्रीमान् बचाउन खोज्दा श्रीमतीको गयो ज्यान, श्रीमान गम्भीर घाइते

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३० बैशाख २०८१, आईतवार
1 Min Read
Aa

काठमाण्डौं । वैशाख ३० गते । श्रीमानलाई बचाउन खोज्दा श्रीमतीको ज्यान गएको छ । सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित रामनगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर भएका छन् । ईश्वरपुर नगरपालिका –९, रामनगर निवासी अन्दाजी २८ वर्षकी कुसुम देवीको करेन्ट लागेर मृत्यु भएको हो ।

अन्दाजी ३४ वर्षका श्रीमान् रम्भा महतोको सोही घटनामा करेन्ट लागेर अवस्था गम्भीर बनेको छ । उहाँको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरीका प्रहरीका नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार गएराति रम्भाको घर अगाडि ११ हजार भोल्टेजको विद्युतीय तारमा बेरिएको इन्टरनेटको तार चुडिएर झरेको थियो । इन्टरनेटको तार उठाउन खोज्दा रम्भालाई करेन्ट लागेको प्रहरीले जनाएको छ । श्रीमानलाई करेन्ट लागेको देखेपछि हतारमा बचाउन पुगेकी कुसुमलाई पनि करेन्ट लागेको थियो ।

घटना लगत्तै स्थानीयले महतो दम्पतीलाई उपचारका लागि अस्पताल पुगाएका थिए । उपचारका लागि कुसुमलाई सिद्धि विनायक अस्पताल पुगाएपछि चिकित्सकले मृत घोषणा गरेका हुन् । श्रीमान् रम्भाको भने बयलबासस्थित अमृत हेल्थ केयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि प्रदेशिक अस्पताल मलङ्गवामा राखिएको इलाका प्रहरी कार्यालय केश्वरगङ्जका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array