प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका शीर्ष नेताबीच बालुवाटारमा छलफल जारी

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३० बैशाख २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका शीर्ष नेताबीच बालुवाटारमा छलफल जारी छ।प्रधानमन्त्री निवासमा जारी छलफलमा कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, राष्ट्रिय सभा संसदीय दलका नेता कृष्ण सिटौला र प्रमुख सचेतक रमेश लेखक सहभागी हुनुहुन्छ । संसदीय छानबिनसमितिको गठनको माग गर्दै कांग्रेसले सदन अवरुद्ध गर्दै आएकाले सहमतिको प्रयासस्वरूप प्रधानमन्त्रीले काग्रेंसका नेताहरुसँग छलफल सुरु गर्नुभएकाे हो। कांग्रेसले समिति गठनको माग गर्दै निरन्तर संसद अवरुद्व गरेसँगै बजेट अधिवेशन नै प्रभावित हुने खतरा बढेको छ । सरकारले जेठ १ गते अर्थात् आगामी मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । सरकारले यसअघि नै सहमति खोज्ने प्रयासस्वरूप काग्रेंसका नेताहरूसँग छलफल सुरु गरेको हो ।

सगरमाथा पोस्ट

प्रतिक्रिया दिनुहोस्