काभ्रेस्थलीबाट सुरुभयो नगरप्रमुख महर्जनको शुद्ध पानी सहितको एक घर एक धारा अभियान, थुम्कीमा भयो भव्य उदघाटन्

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३० बैशाख २०८१, आईतवार
6 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । बैशाख ३० । तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन सहितको तारकेश्वरका जनप्रतिनिधिले चुनावमा प्रतिबद्धता व्यक्त गरेको शुद्ध पानी सहितको एक घर एक धारा अभियान तारकेश्वर नगरपालिका वडा नं २ थुम्कीबाट सुरु भएको छ ।

No description available.
बषौं देखि पिउने पानीको अभाव खेपीरहेका तारकेश्वर नगरपालिका वडा नं २ थुम्कीलाई प्राथमीकतामा राखेर नगरपालिकाले गतबर्ष चीनीयाँ प्रोजेक्टसंगको सहकार्यमा खानेपानी आयोजना निर्माणको सुरु गरेको थियो ।
यसै बिच तारकेश्वर नगरपालिका र चाइना फाउण्डेसन फर रुलर डेव्लपमेन्टको सह लगानीमा तारकेश्वर नगरपालिका वडा नं २ मा निर्माण गरिएको अल्ले थुम्की खानेपानी आयोजनाको उदघाटन गरिएको छ ।
तारकेश्वर नगरपालिका वडा नं २ थुम्कीमा आज आयोजना गरिएको विशेष कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन, नेपाल स्थीत चिनियाँ राजदुताबासका डिपुटी चिफ वाङ छिङ र पुर्व रक्षा मन्त्री एवं नेपाली काँग्रेसका नेता भिमसेनदास प्रधानले संयुक्त रुपमा खानेपानी आयोजनाको उदघाटन गर्नुभयो । चाइना फाउण्डेसन फर रुलर डेव्लपमेन्टको १ करोड ४१ लाख, तारकेश्वर नगरपालिकाको ३० लाख, तारकेश्वर नगरपालिका वडा नं २ को ५ लाख र जनश्रमदान १९ लाख ६१ गरी कुल १ करोड ९६ लाखको लागतमा उक्त आयोजना सम्पन्न भएको हो । खानेपानी आयोजना सम्पन्न भएसंगै तारकेश्वर वडा नं २ को थुम्की र माथील्लो कार्की थोकका ३ सय घर धुरीका करिब २ हजार वडाबासीहरु लाभान्वीत हुनेछन् । गतबर्ष चाइना फाउण्डेसन फर रुलर डेव्लपमेन्ट र तारकेश्वर नगरपालिका बिच उक्त खानेपानी आयोजनाको लागि सम्झौता भएको थियो । सम्झौतामा आयोजनाको टेङ्की निर्माण लगायका कामहरु चाइना फाउण्डेसनले गर्ने र पाइपलाईन लगायतको घरघरमा धारो जोडने काम नगरपालिकाको तर्फबाट गर्ने उल्लेख थियो । सम्झौता पछि पानी टेङ्कीहरु निर्माणका कामहरु पुरा भएका छन् भने करिब ९० घरमा पानी बितरण समेत भइसकेको छ ।

No description available.

No description available.
थुम्कीमा आयोजीत खानेपानी उदघाटन कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले चुनावी प्रतिबद्धता अनुरुप तारकेश्वरमा पानी सहितको एक घर एक धारा अभियान सुरु भएको बताउनुभयो ।
उहाँले भन्नुभयो “चुनावमा भोटमाग्न आँउदा तपाँईहरु गाग्री बोकेर पानी भर्न हिडेको देख्दा पिडा लागेको थियो, त्यसै बेला मलाई जिताउनुस शुद्ध पिउने पानी खुवाँउछु भनेर प्रतिबद्धता व्यक्त गरेको थिए, आज त्यो प्रतिबद्धता पुरा गर्न पाँउदा निकै खुसी लागको छ, थुम्कीबासीलाई पानी खुवाउन सहयोग गर्ने सिएफआरडीलाई यसै अवसरमा धन्यवात दिन चाहन्छु”
तारकेश्वर नगरपालिकाले आर्थिक बर्ष २०८१/८२ लाई पानी बर्षको रुपमा घोषणा गरेर ११ वटै वडामा कार्यक्रम ल्याइने बताँउदै नगरप्रमुख महर्जनले नगरवासीहरुलाई शुद्ध पानी खुवाउने प्रतिबद्धता पुरा गराउन आफ्नो दृढसंकल्प जारी रहेको बताउनुभयो ।
तारकेश्वरबासीलाई मुहानको पानी खुवाउने अभियान स्वरुप केहि वडाहरुमा मुहानको पानी बितरण सुरु भएको बताँउदै नगरप्रमुख महर्जनले आगामी बर्ष देखि अन्य वडाहरुमा कार्यक्रमलाई बिस्तार गरिदै लगिने बताउनुभयो । उहाँले भन्नुभयो “नेतृत्वले बोल्ने मात्र होइन बोलेको कुरालाई पनि पुरा गर्नुपर्दछ भन्ने मेरो मान्यता छ, हिजो बोलेका कुराहरु पुरा गराउन म रात दिन लागि परेको छु, तारकेश्वरको चो गाँउमा पनि मुहानको पानी ल्याएर ८० वटा धारा निर्माण भई सञ्चालनमा आएका छन्, खानेपानी मन्त्रालय र नगरपालिका बिचको लगानीमा वडा नं ४ र ५ मा ४५ सय घर धुरीका लागि खानेपानीको आयोजना निर्माण भइरहेको छ, नगरपालिकाले मेलम्चीको पानी ल्याउन केयुकेयल लाई २ करोड ९० लाख दिएको छ धमाधम पानीको लाइन बिस्तार भइरहेको छ”

No description available.
पुर्व रक्षा मन्त्री एवं नेपाली काँग्रेसका नेता भिमसेनदास प्रधानले पानीको धारासंगै धुम्की बासीमा खुसी छाएको बताँउदै एक घर एक धारा अभियान अन्तर्गत थुम्कीबाट मुहानको पानी बितरण सुरु गरेकोमा तारकेश्वर नगरपालिका र नगरप्रमुखलाई धन्यवात दिनुभयो ।
भारत र चीन दुवैसंग राम्रो सम्बन्ध राख्न सकेमा मात्र नेपालमा समृद्धि र विकासमा सहयोग पुग्ने बताँउदै नेपालको बिकास र समृद्धिमा चीनको सहयोग महत्वपुर्ण रहेको बताउनुभयो । नेता प्रधानले प्रोजेक्टलाई खानेपानीका साथै तारकेश्वरको शिक्षा र स्वास्थ्यका क्षेत्रमा सहयोग गर्न आग्रह गर्नुभयो ।

No description available.
नेपाल स्थीत चिनियाँ राजदुताबासका डिपुटी चिफ वाङ छिङ ले तारकेश्वर नगरपालिकामा सन २०२२ देखि फाउण्डेसन मार्फत बिभिन्न पाँचवटा परियोजना सञ्चालनमा रहेको बताँउदै परियोजनाको सफलताबाट आफुहरु खुसी रहेको बताउनुभयो । उहाँले दिर्घकालीन ग्रामीण बिकास परियोजना अन्तर्गत तारकेश्वरमा १० करोड लगानी भइसकोके बताँउदै उक्त लगानीबाट तारकेश्वरका १० हजार बढी जनताले प्रत्यक्ष लाभ लिएको बताउनुभयो ।
तारकेश्वर नगरपालिकाका प्रवक्ता एवं वडा नं २ का अध्यक्ष राधाकृष्ण खडगीले पानीको निकै समस्या रहेको थुम्कीमा चुनावी प्रतिबद्धता अनुरुप मुहानको पानी बितरण गर्न पाँउदा निकै खुसी लागेको बताँउदै थुम्कीबाटै तारकेश्वरमा एक घर एक धाराको अभियानले सार्थकता पाउन सुरु गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो “भोट माग्न आँउदा सुख्खा डाँडोको रुपमा देखेको यस थुम्कीमा मुहानको पानी बितरण गर्ने क्षण सम्म आइपुग्दा आजको दिन जास्तो खुसीको दिन कहाँ हुन सक्छ र ? यो हामी सबैको लागि साँच्चीकै खुसीको दिन पनि हो”

No description available.
कार्यक्रममा सिएफआरडीका अन्तराष्ट्रिय विकास विभागका निर्देशक उ पिङले प्रोजेक्टको बारेमा बिस्तृत जानकारी दिनुभएको थियो । कार्यक्रममा उपभोक्ता समितिका सदस्य राजाराम सापकोटाले उपस्थीतलाई स्वागत गर्नुभएको थियो ।
अल्ले थुक्की खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष नवराज अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा काठमाण्डौं महानगरपालिका प्रवक्ता एवं वडा न १७ का अध्यक्ष नविन मानन्धर, समाजसेवी सुरज श्रेष्ठ लगायतको उपस्थीति रहेको थियो ।

प्रोजेक्ट अन्तर्गत के काम सम्पन्न भयो ? कसरी पानी बितरण हुन्छ ?
उक्त आयोजना अन्तर्गत शान्ति धाममा ४ लाख लिटरको रिजर्भ टंकी निर्माण गरिएको छ भने २ ठाँउमा ४ लाख लिटरका दरले २ वटा बितरण टेङ्की निर्माण गरिएको छ । जस अनुसार बंदेलीमा २ लाख ७५ लिटरको र सापकोटा थोकमा १ लाख ७५ लिटर बितरण टेङ्की निर्माण भएको छ । बंदेलीको बितरण टेङ्कीबाट थुम्कीको माथील्लो गाँउमा पानी बितरण गरिनेछ भने सापकोटा थोक बितरण टेंकीबाट कार्की थोक र सापकोटा गाँउमा पानी बितरण गरिने अल्ले थुम्की खानेपानी आयोजना उपभोक्ता समितिका सदस्य राजाराम सापकोटाले जानकारी दिए ।

No description available.

No description available.

No description available.

 

ghgh

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array