सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका पहिलो व्यक्तिको निधन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३१ बैशाख २०८१, सोमबार
1 Min Read
Aa

वासिंटन : आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मिर्गौला प्रत्यारोपण प्राप्त गर्ने पहिलो जीवित बिरामीको प्रत्यारोपण गरेको दुई महिनापछि निधन भएको प्रत्यारोपण गर्ने अमेरिकी अस्पतालले बताएको छ।

‘श्री रिक स्लेम्यानको आकस्मिक निधनले मास जनरललाई गहिरो दुःख लागेको छ, उहाँको निधन हालैको प्रत्यारोपणले भएको हो भन्ने हामीसँग कुनै संकेत छैन’, बोस्टन अस्पतालले एक विज्ञप्तिमा भनेको छ।विश्वमा पहिलोपटक मार्चमा म्यासाच्युसेट्सको जनरल अस्पतालका सर्जनहरूले आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मिर्गौला स्लेम्यानमा सफलतापूर्वक प्रत्यारोपण गरेका थिए। सो समयमा उनी ६२ वर्षका थिए। र, अन्तिम चरणको मिर्गौलाको रोगबाट पीडित थिए। ‘स्लेम्यानलाई विश्वभरमा असंख्या प्रत्यारोपण रोगीहरूका लागि सधैं आशाको किरणका रूपमा हेरिने छ र जेनोट्रान्सप्लान्टेसनको क्षेत्रलाई अगाडि बढाउने उहाँको विश्वास र इच्छाप्रति हामी अत्यन्त आभारी छौं’, अस्पतालको विज्ञप्तिमा भनिएको छ।विश्वभर अंगको अभाव पुरानो समस्या हो र मास जनरलले मार्चमा मिर्गौला प्रत्यारोपणका लागि उसको प्रतीक्षा सूचीमा एक हजार चार सयभन्दा बढी बिरामी रहेको बताएको थियो। अस्पतालका अनुसार प्रत्यारोपणका लागि प्रयोग गरिने सुँगुरको मिर्गौला म्यासाच्युसेट्स बायोटेक कम्पनी इजेनेसिसले प्रदान गरेको थियो र हानिकारक सुँगुरको जीन हटाउन र केही मानव जीनलाई जोड्न यसलाई परिमार्जित गरिएको थियो।

टाइप २ मधुमेह र उच्च रक्तचापबाट पीडित स्लेम्यानलाई सन् २०१८ मा एउटा प्रत्यारोपित मानव मिर्गौला प्राप्त भएको थियो तर उक्त मिर्गौला पाँच वर्षपछि असफल हुन थाल्यो।

सगरमाथा पोस्ट

प्रतिक्रिया दिनुहोस्