तारकेश्वर नगरपालिका २ मा सञ्चालीत उद्धार नेपाल बालगृह बन्द

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३१ बैशाख २०८१, सोमबार
3 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । बैशाख ३१ । तारकेश्वर नगरपालिकाका वडा नं २ पदमसाल स्थीत उद्धार नेपाल नामक बालगृह बन्द भएको छ ।
बिगत १६ देखि सञ्चालीत उक्त बालगृहले बालगृह सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७९ अनुसारको मापदण्ड पुरा गर्न नसकेपछि बन्द भएको हो । बालगृहमा ९ जना अनाथ तथा असाहाय बालबालीका आश्रीत थिए ।
राष्ट्रिय बाल अधिकार परिषद तथा तारकेश्वर नगरपालिकाको महिला बालबालीका तथा समाजकल्याण शाखाले अनुगमन गर्ने क्रममा उक्त बालगृहले मापदण्ड पुरा नगरी सञ्चालन गरेको पाएपछि प्रकृया पुरा गरेर मात्र सञ्चालन गर्न आग्रह गरेको थियो । बालगृहका सञ्चालकहरुले नयाँ मापदण्ड अनुसार बालगृह सञ्चालन गर्न श्रोतको सुनिश्चीतता नभएको तथा मादपण्ड अनुसारको भौतिक संरचना तत्काल पुरा गर्न नसक्ने भन्दै २०८१ बैशाख ३ गते बालगृह बन्द गर्ने निर्णय गरेका थिए ।
बालगृह सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७९ को परिच्छेद ३ को ५ अनुसारको भौतीक संरचना पुरा नभएको र परिच्छेद ३ को ७ (१ र २) बमोजिमको बालगृहका लागि श्रोत सुनिश्चीत हुन नसकेकाले बालगृह बन्द गर्नुपरेको उद्धार नेपाल बालगृहका अध्यक्ष चतुरमान तामाङले बताए । अध्यक्ष तामाङले बालगृहमा आश्रीत बालबाललिकाहरुलाई समाजमा पुनरमिलन गराएपनि उनिहरुको शिक्षा र स्वास्थ्यका लागि सहयोग गर्ने बताए ।
बालगृहमा आश्रीत ९ जना बालबालीकाहरुलाई आइतबार समाजमा पुनरमिलनका लागि बिदाई गरिएको छ । तारकेश्वर नगरपालिकाका नगरप्रवक्ता एवं वडा नं २ का अध्यक्ष राधाकृष्ण खड्गी, तारकेश्वर नगरपालिकाको महिला बालबालिका तथा समाजकल्याण शाखाका प्रमुख प्रतिमा मिश्र, शाखाका महिला विकास निरिक्षकहरु बिमला लम्साल सुवेदी र लक्ष्मी देवि खड्का लगायतको उपस्थीतिमा बालबालिकाहरुलाई बिदाई गरियो ।

No description available.
बालबालिकाहरुलाई बिदाई गदै तारकेश्वर नगरपालिकाका नगरप्रवक्ता एवं वडा नं २ का अध्यक्ष राधाकृष्ण खड्गीले आफ्नो वडामा सञ्चालीत बालगृह बन्द भएर बालबालिकालाई बिदाई गर्नुपर्दामा दुख लागेको बताँउदै बिदाईसंगै आफ्नो समुदायमा पुनस्थापीत भएर देशको राम्रो नागरिक बन्नेमा आसा व्यक्त गदै सुभकामना दिनुभयो ।
राज्यको कानुनको परिपालना गर्नु सबै नागरिकहरुको कर्तव्य रहेको बताँउदै बालगृहको मापदण्ड अनुसार पुन बालगृह सञ्चालन गर्ने अवस्था आएमा वडा कार्यालय तथा नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।
तारकेश्वर नगरपालिकाकी महिला बालबालीका तथा समाजकल्याण शाखाकी प्रमुख प्रतिमा मिश्रले बालगृहलाई पटक पटक अनुगमनको क्रममा मापदण्ड पुरा गरेर सञ्चालन गर्न आग्रह गरिएको बताँउदै नयाँ मापदण्ड पुरा गर्न नसकेपछि संस्थाका सञ्चालकहरुले निर्णय गरेर बालगृह बन्द गरेको बताउनुभयो ।
बषौं सम्म बालगृहमा बसेर हुर्कीएका बालबालिकाहरु छुट्टीदा भाबुक समेत बनेका थिए ।
महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय अन्तर्गतको राष्ट्रिय बाल अधिकार परिषदले ल्याएको बालगृह सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७९ पछि देशै भरका आधा भन्दा बढी बालगृह मापदण्ड पुरा नभएपछि बन्द भएका छन् । तारकेश्वर नगरपालिकामा २०७५ साल यता १४ वटा बालगृह सञ्चालनमा रहेपनि हाल ५ वटा मात्र बालगृह सञ्चालनमा रहेका छन् । गत बर्ष मात्र तारकेश्वर नगरपालिका भित्र सञ्चालीत दुई वटा बालगृहले मापदण्ड पुरा गर्न नसकेपछि बन्द भएका छन् । तारकेश्वर नगरपालिका भित्र सञ्चालीत पाँचवटा बालगृह मध्य पनि यस आर्थिक बर्षमा सम्पुर्ण मापदण्ड पुरा गरेको एउटा मात्र बालगृह नविकरणको लागि सिफारीस भएको तारकेश्वर नगरपालिकाको महिला बालवालिका शाखाले जनाएको छ ।

No description available.

gh

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array