वैदेशिक रोजगारीमा टर्की पठाउने भन्दै ४ करोड ठगी गरेको अभियोगमा विनोद पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३१ बैशाख २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौँ । वैदेशिक रोजगारीमा टर्की पठाउने भन्दै १ सय २४ जना ब्यक्तिहरूबाट ४ करोड ३४ लाख रूपैयाँ ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका-५ घर भई काठमाडौं महानगरपालिका-७ चावहिल बस्ने ४२ वर्षीय विनोद श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

टर्कीको युएन मिसन कार्यालयमा वोर्क पर्मिटमा कामदार पठाउने, त्यहाँ गएपछि आकर्षक तलब हुने, युएनको भवन निर्माणको काममा मासिक १ हजार ४ सय ५० डलर कमाई हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितहरूबाट उक्त रकम लिई सम्पर्क विहिन भई फरार रहेका श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं चावहिलबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

सगरमाथा पोस्ट

प्रतिक्रिया दिनुहोस्