तारकेश्वर नगरस्वास्थ्यको आयोजनामा मनमैजु मन्दिरमा रक्तदान कार्यक्रम सम्पन्न, वडा अध्यक्ष मर्हजन सहित ३७ ले गरे रक्तदान

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३१ बैशाख २०८१, सोमबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । बैशाख ३१ । तारकेश्वर नगरपालिकाको नगरस्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा तारकेश्वर नगरपालिका वडा नं ९ स्थीत मनमैजु मन्दिरमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
बिहान ११ बजे देखि ३ बजे सम्म सञ्चालन भएको रक्तदान कार्यक्रममा वडा नं ९ का वडा अध्यक्ष श्यामकृष्ण महर्जन, वडा सदस्य निर्माला मिजार, महिला स्वास्थ्य स्वयम सेवीकाहरु सावित्री सिंखडा, आसा बस्नेत र दिलमायाँ महर्जन सहित ३७ जनाले रक्तदान गरेको तारकेश्वर नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक गणेश कुवरले जानकारी दिनुभयो ।
कार्यक्रममा रक्तदान गर्ने रक्तदाताहरुलाई तारकेश्वर नगरपालिका वडा नं ९ का अध्यक्ष श्यामकृष्ण महर्जन, तारकेश्वर नगरस्वास्थ्य शाखाका प्रमुख बिनोद कुमार शाह, वडा सदस्यहरु उज्जवल अधिकारी, लक्ष्मी अधिकारी र श्यामकृष्ण महर्जनले प्रमाणपत्र प्रदान गर्नुभएको थियो । रक्तदान कार्यक्रममा शहरी स्वास्थ्य केन्द्र तारकेश्वर ९ का प्रमुख जनार्दन अधिकारी, तारकेश्वर नगरस्वास्थ्य शाखाका नसिङ अधिकृत राधा थपलिया, शाखाका भरत पाण्डे र शन्तोष ढकाल लगायतको उपस्थीति रहेको थियो ।
तारकेश्वर नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक गणेश कुवरले छोटो सुचनाको आधारमा उल्लेख्य मात्रामा उपस्थीती जनाएर रक्तदान कार्यक्रम सफलतापुर्वक सम्पन्न गर्न सहयोग गरेकोमा जनप्रतिनिधिहरु, रक्तदाताहरु, महिला स्वयमसेवीकाहरु, विद्यालयका प्रधानाध्यापकहरु, टोल सुधार समिति पदाधीकारीहरु, क्लब तथा समुहहरु र स्थानीयवासीहरु लगायतलाई सक्रिय सहभागीताको लागि धन्यवात दिनुभयो । नगरस्वास्थ्य शाखाको आयोजनामा आगामी कार्यक्रम वडा नं ८ मा आयोजना गरिने कुंवरले बताउनुभयो ।
नगर स्वास्थ्य शाखाको आयोजनामा तारकेश्वरका वडा नं २,४, १०, ११ मा रक्तदान कार्यक्रम सम्पन्न भइसकेको छ । उक्त वडाहरुमा यस बर्ष मात्र २७२ पिन्ट रगत संकलन भएको कुंवरले बताउनुभयो ।
तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनको पहलमा गत बर्ष तारकेश्वर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी बिच नगरवासीहरुलाई निशुल्क रगत उपलव्ध गराउने सम्बन्धी सम्झौता भएको थियो । सम्झौता पछि तारकेश्वर नगरपालिकाका स्थायीबासीहरुले नेपाल रेडक्रस सोसाइटीको ब्लड बैक बाट रगत लिंदामा कुनै शुल्क तिनुपदैन् । रेडक्रसले सबै बिरामीहरुलाई निशुल्क रगत उपलव्ध गराएपनि रगतको क्रसम्याच लगायतको लागि भने शुल्क लिने गरेको छ । तारकेश्वर नगरपालिकासंगको सम्झौता पछि रेडक्रसले तारकेश्वर नगरपालिकाका स्थायीबासी नागरिकहरुले उपचारका लागि रगत लिंदामा शुल्क भने लिने छैन् ।

May be an image of ‎3 people and ‎text that says '‎save save life lood Save ل life Give Giveblood blood वृहत निशल्क নি रकततान कार्यक्रम सहयोगी संस्था लेपाल रेडत्रस सोसाईटी केन्द्रीय रक्कसज्चार सेवा कालिमाटी BLOOD DONOR DAY आयोजक वारकश्वर रनजरपालिका नमरणालिका स्वास्थ शाखा‎'‎‎

May be an image of 4 people, people smiling and text that says 'नगरपालिकाका नागारकलाई सेवा कालिमाटीवाट नि:शल्क उपलग्ध" गराउने व्यवस्था रहेको जानकारी गराउन चाहन्दा नि शल्क रगत लिनको लागि आवश्यक कागजातहरु: सम्वन्धित अस्पतालवाट बिरामीको नाममा रगत माग गरेको पसाररस फाटोकपी। स भएको परिचय 2) नेपाल सरकार निकायवाट बिरामी तारकेश्वर नगरपाि कण-पत्र. -पत्र. सवारी चालक माण-पत्रको फोटोकपी (जस्ते:-राष्ट्रि राष्ट्रिय परिचा त्र. राहदानी, मतदाता परिचय-पत्र मध्ये शि सम्पर्क नम्दर:- स्वास्शय शाखा:- ९८४९७६२४९६, ९८ ल नम्वर:- १६६००१०२४५ सेवा कालिमाटी:-०१- Save Give blood 等 WHTRA ACIVE JN ở 心究 속관 မသီိ်ပ ゲんなな μφιά'

May be an image of 4 people and textMay be an image of 8 people, people smiling, temple and textMay be an image of 8 people and text

May be an image of 8 people and temple

May be an image of 9 people, temple and text

May be an image of 4 people and text

May be an image of 4 people and text

May be an image of 8 people, temple and text

fgfg

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array