अनलाइनमा बालबालिकालाई अश्लील क्रियाकलापमा सङ्लन्न गराउने युवती पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १ जेष्ठ २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौँ, जेठ १ गते ।  बालबालिकालाई आर्थिक प्रलोभनमा पारी अनलाइन टाइपिङको रोजगारी उपलब्ध गराउने भनी अश्लील क्रियाकलापमा सङ्लन्न गराउने १९ वर्षीय अञ्जली अधिकारीलाई  प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार विपन्न परिवारका बालबालिकालाई सामाजिक सञ्जाल स्ट्रिप च्याटमार्फत ‘फ्रि लाइभ सेक्स क्याम्स् एण्ड एडल्ट च्याट विथ नेक्ड् गल्स’ मा विभिन्न एकाउन्टहरू खोली सोही एकाण्टमार्फत लाइभ भिडियो च्याट मा बसी कस्टोमरहरुसँग अश्लील कुराकानी गर्न लगाउने गरेको खुलेको छ। बढी आम्दानी गर्नका लागि टोकन अर्न गर्नुपर्ने र सो को लागि आफ्नो शरीरको कपडा खोली यौनाङ्ग समेत प्रदर्शन गर्ने लगायतका सामाग्री निर्माण गर्ने भन्ने सूचनाको आधारमा निजलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

स्थायी घर सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका वडा नम्बर ६ भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका ४ माकलबारी बस्ने अधिकारीलाई पक्राउ गरी बालबालिका सम्बन्धी ऐन, २०७५ को परिच्छेद ८ को दफा ३ बमोजिमको कसुर मुद्दामा आवश्यक कारबाहीका लागि प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीसँगै भिभो कम्पनीको मोबाइल एक थान, डेल कम्पनीको ल्यापटप एक थान, वेब क्यामरा एक थान र पारदर्शी कपडा चार थान बरामद गरिएको छ।

सगरमाथा पोस्ट

प्रतिक्रिया दिनुहोस्