सरकारले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गर्ने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १ जेष्ठ २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौँ,  सरकारले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरिएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा महिलालाई आर्थिक रुपमा सक्षम र सबल  बनाउन सो कार्यक्रम सञ्चालन गर्न लागिएको बताउनुभयो । उहाँले बालबालिकामाथिको दुर्व्यवहार, महिला हिंसा, मानव बेचबिखन तथा बलात्कार, छुवाछ”त, लागुपदार्थ दुर्व्यसनी, दाइजो, छाउपडी, तिलक जस्ता सामाजिक विकृति र शोषण अन्त्य गरिने बताउनुभयो । बोक्सी, दाइजो प्रथालगायत कुरीति अन्त्य गर्ने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । राष्ट्रपति पौडेलले महिलाहरुमाथि हुने बलात्कारलगायतका जघन्य अपराध नियन्त्रणका लागि पनि सामाजिक जागरण अभियानलाई निरन्तरता दिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array