तारकेश्वर नगर प्रमुख कृष्ण हरि महर्जनको समन्वयमा आन्दोलनरत स्थानीयबासी र डिपबोरीङ व्यवसायी बिच सहमती, आन्दोलन स्थगीत

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २ जेष्ठ २०८१, बुधबार
3 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । जेष्ठ २ । तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनको समन्वयमा आन्दोलनरत तारकेश्वर नगरपालिका वडा नं ९ र १० का स्थानीयबासी र डिप बोरीङ व्यवसायी बिच सहमती भएको छ ।
तारकेश्वर नगरपालिकाको कार्यालयमा नगरप्रमुख महर्जनको उपस्थीतिमा आज विहान दुवै पक्ष बिच छलफल पछि ९ बुंदे सहमती भएको हो । तारकेश्वर नगरपालिका वडा नं ९ र १० मा सञ्चालीत डिपबोरीङहरु स्थानान्तरण सहितको माग राख्दै दुई साता देखि स्थानीयवासीहरु आन्दोलनमा उत्रिएका थिए ।
सहमती पत्रको आठौं बुंदामा तारकेश्वर नगरपालिका वडा नं ९ र १० का स्थानीयहरुको खाने पानी सेवा ( मुहान, मेलम्ची, भूमिगत आदि ) पूर्ण व्यवस्थापन पश्चात सो वडामा संचालीत डिप बोरीङ स्थानीय र व्यवसायीहरुसंग समन्वय गरी कानुनी आधारमा स्थानान्तरण गरिने उल्लेख छ ।
त्यस्तै आकस्मीक बाहेर विहान ५ बजे देखी ११ बजे सम्म मात्र पानीका ट्याङकर सञ्चालन गर्न पाउने, सडक छेउमा अनधिकृत रुपमा ट्याङकर पार्कीङ गर्न नपाइने, पानी ढुवानी गर्दामा सडकमा पानी पोखेमा जरीवाना गरिने, अनुमती प्राप्त डिपबोरीङमा कुनै कारणले पानी नआएर नयाँ होल खन्नुपरेमा खानेपानी व्यवस्थापन बोर्डबाट स्वीकृति पश्चात अनिवार्य रुपमा स्थानीयबासीहरुको उपस्थीतिमा कंक्रीट गरेपछि मात्र सहमतीको आधारमा नयाँ होल खोप्न पाउने लगायतमा सहमती भएको छ ।
सहमती पत्रमा आन्दोलनरत स्थानीयबासीहरुको तर्फबाट धन बहादुर गुरुङ, हरिदेव ज्ञवाली र प्रकाश प्रधानले हस्ताक्षर गुर्नभएको छ भने व्यवसायीहरुको तर्फबाट बेत्रावती पानीका सञ्चालक हरि गिरी, सौगात खानेपानीका सञ्चालक अच्युत पाण्डे, जम्बोलीङ ग्रुपका सञ्चालक रामसिंह तामाङ, जालपा खानेपानीका सञ्चालक सुवास सेढाई, इन्द्रेणीदेवी खानेपानीका सञ्चालक सुमन रोक्का, क्रिस्ष्टल खानेपानीका सञ्चालक हरि आचार्यले हस्ताक्षर गर्नुभएको छ ।
सो अवसरमा नगरप्रमुख कृष्ण हरि महर्जनले डिप बोरीङका कारण स्थानीयहरुको घरमा बोरीङ सुकेको बारेमा आफु गम्भीर रहेको बताँउदै त्यहाँका जनतालाई बैकल्पीक व्यवस्था गरेर पिउने पानीको व्यवस्था गर्न लागि परेको बताउनुभयो ।
शुद्ध खानेपानी सहितको एक घर एक धारा आफ्नो मुख्य एजेण्डा रहेको बताँउदै नगरप्रमुख महर्जनले नगरवासीहरुलाई स्वच्छ खानेपानी खुवाउने अभियानमा सबैबाट साथ र सहयोगको अपेक्षा गरेको बताउनुभयो । उहाँले भन्नुभयो “पानी खुवाउने जस्तो कुरा आजको आजै जादुको छडी जसरी घर, घरमा लैजान सकिन्न, त्यो तपाँईहरुले पनि बुझेको कुरा हो, आगामी आर्थिक बर्षमा खानेपानीको बर्ष घोषणा गरेर मुहान र डिपबोरीङ मार्फत जनतालाई पानी खुवाउने अभियानमा लाग्नेछु”
स्थानीयसंग भएको सहमतीलाई इमान्दारीतापुर्व पालना गर्न व्यवसायीहरुलाई आग्रह गदै नगरप्रमुख महर्जनले अनुमती पत्रमा उल्लेख भए भन्दा बढी पानी निकालर बिक्री गरेको पाएमा कारबाही गरिने बताउनुभयो ।
आन्दोलनरत स्थानीयका तर्फबाट छलफलमा सहभागी धन बहादुर गुरुङले स्थानीय सरकारका प्रमुखले घुमाउरो पाराले बोरीङ बन्द गर्छु भन्ने आश्वासन पाएकाले विश्वासको आधारमा सहमती गरेको बताउनुभयो ।
व्यवसायीहरुले स्थानीयबासीलाई पिउने पानीको अभाब तत्काल अन्त्य गर्न आफुहरुले बोरीङबाट दैनिक पालो मिलाएर खानेपानीको मुख्य लाइनमा पानी जोडन तयार रहेको प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
छलफलका क्रममा तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्त, तारकेश्वर नगरपालिकाका सुचना अधिकारी सागर अर्याल, प्रशासन प्रमुख रचना रिमाल तथा स्थानीयबासीहरु सिवि मल्ल, नवराज भट्टराई, नारायण गैरे, देवनिधी पोख्रेल, सूर्य रानाभाट, सुमन श्रेष्ठ, केशर गुरुङ लगायतको उपस्थीति रहेको थियो ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array