वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालय फुटाइयो, बिना बिभागीय मन्त्री आले युवा तथा खेलकुद मन्त्री नियुक्त

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३ जेष्ठ २०८१, बिहीबार
1 Min Read
Aa

हेटौंडा — वाग्मती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरिएको छ । बिनाविभागीय मन्त्री रमा आलेमगरलाई जिम्मेवारी दिनका लागि उक्त मन्त्रालय टुक्र्याएर युवा तथा खेलकुद मन्त्रालय बनाउने बुधबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।
एकीकृत समाजवादीकी सांसद मगर डेढ महिनाअघि बिनाविभागीय मन्त्री बनेकी थिइन् ।वाग्मतीमा मन्त्रालयको संख्या १३ पुगेको छ ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलले खर्च कटौतीका लागि मन्त्रालयको संख्या यसअघि १४ बाट घटाएर १२ कायम गरेका थिए । उनले आफ्नो सरकार जोगाउन फेरि मन्त्रालयको संख्या थपेका हुन् ।

सगरमाथा पोस्ट

प्रतिक्रिया दिनुहोस्