स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३ जेष्ठ २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौं : स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार भएको छ। क्याबिनेट बैठकबाट बाहिरिँदै गर्दा उनीमाथि गोली प्रहार भएको हो।
गोली लागेर प्रधानमन्त्री फिको घाइते भएका छन्। उनलाई घाइते अवस्थामै अस्पताल पुर्‍याएको बीबीसीले उल्लेख गरेको छ। स्थानीय अस्पतालमा प्राथमिक उपचारपछि उनलाई हेलिकोप्टरबाट बान्स्का बाइस्ट्रिकास्थित ट्रमा सेन्टरमा भर्ना गरिएको छ।

गोलीबाट घाइते भएका फिकोलाई सुरक्षाकर्मीहरूले तत्काल कारमा राखेर अस्पताल लगिएको भिडियो यतिबेला भाइरल बनेको छ। गोली हान्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको जनाएको छ।

 

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array