सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई विश्वासको मत प्राप्त

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३ जेष्ठ २०८१, बिहीबार
1 Min Read
Aa

सुदूरपश्चिम, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले विश्वासको मत प्राप्त गर्नु भएको छ । मुख्यमन्त्री सोडारीले प्रदेश सभा बैठकमा प्रस्तुत गरेको विश्वासको मतको पक्षमा २८ मत परेको छ भने विपक्षमा शून्य मत परेको छ । बैठकमा सभामुख भिम बहादुर भण्डारीले मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्नु भएको घोषणा गर्नुभयो । ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि कम्तीमा २७ मत आवश्यक पर्छ । उहाँलाई नेकपा एमालेका ११, नेकपा माओवादी केन्द्रका १०, नेकपा एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिका २ र स्वतन्त्र १ जना प्रदेश सभा सदस्यले मतदान गर्नु भयो ।

सोडारी वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो । नेपाली काँग्रेस र नागरिक उन्मुक्ति (रेशम निकट) र राप्रपाका प्रदेश सभा सदस्यले विश्वासको मतको मतदान प्रक्रियामा भाग नलिएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जोशीले बताउनु भयो । सभामुख भिम बहादुर भण्डारीले आफूहरूको विरोधका बिच विश्वासको मत प्रस्ताव मतदान प्रक्रिया अगाडि बढाएकाले काँग्रेस, राप्रपा र नागरिक उन्मुक्तिका प्रदेश सभा सदस्यले बैठक बहिष्कार गरेको काँग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीले बताउनु भयो ।

बैठकमा सत्ता पक्षमा प्रदेश सभा सदस्य रहनु भएको थियो । त्यस अघि काँग्रेस, राप्रपा, नागरिक उन्मुक्तिका प्रदेश सभा सदस्यको अवरोधपछि सभामुख भण्डारीले ३० मिनेटका लागि बैठक स्थगित गर्नु भएको थियो ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array