नेपाली कांग्रेस काठमाडौं ६ (ख) को दोश्रो अधिवेशन, प्रदेश प्रोफाइल बिमोचन र सम्मान कार्यक्रम भोली जेष्ठ ५ गते हुने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ४ जेष्ठ २०८१, शुक्रबार
3 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति काठमाडौं ६ (ख) को दोश्रो प्रदेश सम्मेलन, प्रदेश सभा निर्वाचन क्षेत्र प्रोफाइल सार्वजनीक र सम्मान कार्यक्रम भोली जेष्ठ ५ गते शनिबार हुने भएको छ ।
पुर्व मन्त्री एवं नेपाली काँग्रेसका नेता सूर्यमान गुरुङको असामयीक निधन पछि बैशाख ९ गतेको लागि निर्धारीत गरिएको कार्यक्रम अन्तीम समयमा आएर स्थगति भएको थियो । स्थगीत भएको कार्यक्रम भोली तारकेश्वर नगरपालिका वडा नं १० स्थीत त्रिवेणी व्याङ्क्वेटमा विहान ११ बजे गरिने तय भएको नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति काठमाडौं ६ (ख) का सभापति बिष्णु भक्त तिमिल्सीनाले जानकारी दिनुभयो ।

May be an image of 6 people and text that says 'राष्ट्रियता लोकतन्त्र समाजवाद हार्दिक निमन्रणा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रमुख सचेतक मा. रमेश लेखकज्यूको प्रमुख आतिश्यतामा हुने दोय्रो प्रदेश सभा क्षेत्रीय सम्मेलन उद्घाटन, प्रोफाइल लोकार्पण तथा सम्मान कार्यत्रम समारोहमा यहांको गरिमामय उपस्थितीको लागि हार्दिक निमन्त्रणा गर्दंदों जय नेपाल! आयोजक: विष्णुभक्क तिमिल्सिना सभापति एवं नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रिय कार्यसमिति, काठमाण्डी क्षेत्र नं. ६ (ख) परिवार काठमाण्डी समय: दिनको 99:9၄ बजे मिति: υστα जेष्ठ 40 गते, शनिबार स्थान: त्रिवेणी पाटी प्यालेस, ता.न.पा.-१ मनमैजु (मानसिंह सकूल अगाडी)'
नेपाली कांग्रेसको नियमावली २०७८ को नियम १४ को उपनियम २ मा ले गरेको व्यवस्था बमोजिम नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति काठमाडौं ६ (ख) कार्यसमतिले तयार गरेको प्रदेश सभा निर्वाचन क्षेत्र प्रोफाइल सार्वजनीक गरिने कार्यक्रम छ । काँग्रेसको विधानले व्यवस्था गरेपनि हाल सम्म काँग्रेसको कुनै पनि संरचनाले कार्यान्वयन नगरीएको प्रदेश सभा निर्वाचन क्षेत्र प्रोफाइल निर्माण नौलो कार्यक्रम हो ।
२५६ पेजको प्रदेश प्रोफाइलमा प्रदेश कार्यसमितिको सिमा भित्रको नक्सा र सिमाना, विधान बमोजिम प्रदेश मातहतका नगर तथा वडाहरुले गर्ने बार्षिक कार्यक्रमहरु कार्यतालिका, प्रदेश समितिको कार्यक्षेत्र भित्र रहेका काँग्रेसका क्षेत्र, नगर, वडा र टोल कार्यसमितिहरुको नामावली र सम्पर्क नम्बरहरु, प्रदेश भित्रका निर्वाचीत जनप्रतिनिधिका सम्पर्क नम्बरहरु, सरकारी निकायहरु, बिभिन्न राजनैतिक दलहरु, धार्मिक संघ संस्था, निजी संस्थाहरु, सामाजिक संस्था, लगायतको बिबरण सहितको प्रोफायल डायरी तयार गरिएको छ । भोली प्रोफायल डायरी बिमोचन भएपछि कार्यक्रममा सहभागीहरुलाई निशुल्क बितरण गरिने प्रवक्ता उज्जवल अधिकारीले बताउनुभयो ।
प्रदेशसभा निर्वाचन क्षेत्र प्रोफाइल निर्माणका लागि प्रदेश सचिब झंकनाथ घिमिरेको संयोजकत्वमा सचिब सिता घिमीरे र सह सचिब हिरा महर्जन रहेको समिति गठन गरिएको थियो ।
बाग्मती प्रदेश भित्रै पहिलो पटक दोश्रो प्रदेश सभा अधिवेशन गर्न लागेको नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति काठमाडौं ६ (ख)ले २०६४ सालको जनआन्दोलन पछाडी गठीत यस क्षेत्र भित्र पर्ने साविक धर्मस्थली, मनमैजु, झोर, महांकाल, साङला, फुटुङ, गोंगबु, काभ्रेस्थली र काठमाण्डौं महानगरपालिकाका वडा नं २६,२७ र २८ वडाका संस्थापक सभापतिहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य,प्रमुख सचेतक एवं पुर्वमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा पुर्व रक्षा मन्त्री एवं नेपाली काँग्रेसका नेता भिमसेनदास प्रधान, नेपाली काँग्रेस काठमाण्डौंका जिल्ला सभापति सबुज कृष्ण बानियाँ, नेपाली काँग्रेस काठमाण्डौं निर्वाचन क्षेत्र नं ६ का क्षेत्रीय सभापति श्यामकृष्ण खडगी, नेपाली काँग्रेस तारकेश्वरका नगर सभापति एवं नगरप्रमुख कृष्ण हरि महर्जन, टोखा सभापति ओम बिमली, प्रदेश सभा निर्वाचन अन्तर्गतका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिहरु, प्रदेश सभाका कार्यसमितिका पदाधीकारीहरु, नगर कार्यसमितिका पदाधीकारीहरु, वडा कार्यसमिति तथा सभापतिहरु तथा क्रियाशील सदस्यहरु लगायतको उपस्थीति रहने प्रदेश सभापति तिमिल्सीनाले बताउनुभयो ।

 

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array