सरकारले संसद्‌मा पेस राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ४ जेष्ठ २०८१, शुक्रबार
0 Min Read
Aa

काठमाडौँ, सरकारले संसद्‌मा पेस राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता लिएको छ । संशोधन विधेयक फिर्ताका लागि संसद् सचिवालयमा पत्र आइसकेकेको सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।  सरकारले चाहे जुनसुकै बेला पनि विधेयक फिर्ता लिन सक्ने कानुनी व्यवस्था छ। सरकारले दल विभाजन गर्दा केन्द्रीय समिति र संसदीय दलमा ४०/४० प्रतिशत सदस्य चाहिने पूर्ववत् व्यवस्था लागू हुने गरी विधेयक अगाडि बढाएको थियो।

सगरमाथा पोस्ट

प्रतिक्रिया दिनुहोस्