राष्ट्रिय खेलसंघ सबलीकरण कार्यक्रम सुरु

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ५ जेष्ठ २०८१, शनिबार
3 Min Read
Aa

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा राष्ट्रिय खेल संघ सबलीकरण कार्यक्रम काभ्रेको धुलिखेलमा शुक्रबार सुरु भएको छ । राष्ट्रिय खेल संघलाई खेलकुदको विविध पक्ष बारे जानकारी गराउदै क्रियाशिल बनाउने उद्देश्यले खेल संघ सबलीकरण कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमको युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले आफूले मन्त्री पद सम्हालेदेखि नै अभिमुखीकरण कार्यक्रमहरु तयार गरेर अघि बढ्नुपर्छ भनेको उदाहरण दिँदै खेल संघ सबलीकरण कार्यक्रमको विषयवस्तुहरु राम्रो रहेको र यस कार्यक्रममा खेलकुदको विविध पक्षमा छलफल हुने बताए । साथै उनले यस कार्यक्रमपछि नेपाली खेलकुदमा नयाँ सोच र विचार बउने आशा व्यक्त गरे ।
मन्त्री श्रेष्ठले संघहरुले पनि प्रत्यक्ष रुपमा नितिगत देखि सबै विषयमा सुझाव दिनुपर्ने बताउदै सिएसआरको कार्यक्रम पनि अघि बढाएको र त्यो लागु भएमा खेलकुदलाई राम्रो हुने बताए ।
नेपाली खेलकुदलाई अझ अग्रगतिमा लैजाने उदेश्यका साथ यस कार्यक्रमको आयोजना गरिएको राखेपका सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए । सदस्य सचिव घिसिङले आजको खेल संघ कस्तो हुनुपर्छ खेल संघको भूमिका कस्तो हुनुपर्छ भन्ने विविध वस्तुलाई समेटेर कार्यक्रमको पाठ्यक्रम बनाइएको र तीन दिने कार्यक्रमबाट नेपाली खेलकुदलाई मार्गनिर्देशन गर्ने नयाँ विचार आउनेमा आशावादी रहेको घिसिङले बताए ।
आफू सदस्य–सचिव हुँदा २०९ खेल संघ रहेकोमा त्यसलाई घटाएर अहिले ६१ मा झारेको भन्दै सदस्य–सचिव घिसिङले कतिपय खेल संघले अझै खेलकुद ऐन अनुसार काम गर्न बाँकी रहेको बताए ।
सदस्य–सचिव घिसिङले यो खेल संघ सबलीकरण कार्यक्रम मात्र नभएर यसमा नेपाली खेलकुदका विभिन्न पक्षको बारेमा कुरा उठेको र त्यसले समग्र नेपाली खेलकुदकै बारेमा छलफल भएको भन्दै यो कार्यक्रम सान्दर्भिक रहेको बताए ।
राखेपका उपाध्यक्ष शिव कोइरालाले खेल संघहरु सबल हुनुपर्छ, व्यवस्थित हुनुपर्छ र त्यसमा खेलकुदका सरोकालवाला सबै मिलेर अघि बढ्नुपर्ने र यस्ता खालको कार्यक्रमले त्यसमा सहयोग पुग्ने बताए ।
युवा तथा खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्यालले कार्यक्रमबाट आएको प्रतिक्रियाहरुले मन्त्रालयलाई आगामी दिनमा निति नियम बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले नेपालमा अहिले खेल संघको अवस्था संघर्षपूर्ण रहेको अवस्थामा राखेपले सबै खेल संघलाई बोलाएर यस किसिमको कार्यक्रम गरेकोमा धन्यवाद दिए ।
कार्यक्रमको पहिलो दिन शुक्रबार वरिष्ठ अधिवक्ता ताराबहादुर सिटौलाले नेपालको संविधान, खेलुकदसँग सम्बन्धित कानून र खेल संघको दायित्व तथा कर्तव्य विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । शनिवार ८ तथा आइतबार २ विषयमा कार्यपत्र प्रस्तुत हुनेछ ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array