जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ६ जेष्ठ २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौं, काठमाडौं महानगरपालिका-३२ सुविधानगर बस्ने ६६ वर्षीय केशर कोईरालाको घरमा जुवातास खेलिरहेको अवस्थामा केशर समेत ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २९ हजार २ सय ९५ रूपैयाँ र २१ बुक ताससहित पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-७ रत्नचोक बस्ने अर्जुन कुमार श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ समेत ६ जनालाई  शनिबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १५ हजार २ सय २५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array