लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली 

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ६ जेष्ठ २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौं ।   संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि United Nations Support Mission In Libya (UNSMIL) मा तैनाथ श्री स्पेसल गार्ड युनिट (शान्ति सेना) पाँचौँ डफ्फालाई बदली गर्नको लागि श्री भगवती प्रसाद गुल्म SGU (Special Guard Unit) (शान्ति सेना) छैठौ डफ्फाका ५८ जना शान्ति सैनिकहरूको पहिलो टोली प्रमुख सेनानी विश्वनाथ तिमिल्सिनाको नेतृत्वमा UN Chartered Flight मार्फत मिति २०८१ ज्येष्ठ ०५ गते मिसन इलाकातर्फ प्रस्थान गरेको छ।    यस्तै, उक्त मिसनमा तैनाथ श्री स्पेसल गार्ड युनिट (शान्ति सेना) पाँचौँ डफ्फाका ५९ जना शान्ति सैनिकहरू सेनानी मोहन सिँह भण्डारीको नेतृत्वमा आज मिति २०८१ ज्येष्ठ ०६ गते स्वदेश फिर्ता भएका छन् । हाल उक्त मिसनमा नेपाली सेनाका २३४ जना शान्ति सैनिकहरू कार्यरत छन् ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array