काठमाडौंको थलीमा एक पुरुष मृत भेटिए, हत्या भएको आशंका, ठुलो संख्यामा प्रहरी घटना स्थलमा परिचालन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ८ जेष्ठ २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौंको । काठमाडौंको थलीमा एक जना पुरुषको शव फेला परेको छ । अन्दाजी ३५ वर्षीय पुरुषको शव पहिचान नभएको प्रहरीले जनाएको छ ।
थलीको उकालोमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुग्दा कालो कपडाले मुख छोपेको र रगत बगिरहेको देखिएको छ । घटनास्थलमा ब्लेडसमेत फेला परेको छ ।
शंकास्पद अवस्थामा शव फेला परेको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । घटनास्थलमा प्रहरी टोली पुगेर मुचुल्का उठाउने लगायतका काम गरिरहेको छ । दुई दिन अघि काठमाण्डौंको तारकेश्वर ९ मनमैजुमा नेपाल प्रहरीका जवानको हत्या भएको अवस्थामा शव फेला परेको थियो ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array