नेकपा एमाले तारकेश्वर नगर कमिटिको अध्यक्षमा बासु गौतम निर्वाचीत, अधिवेशनबाट ७५ सदस्यीय कार्यसमिति चयन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ८ जेष्ठ २०८१, मंगलवार
2 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । नेकपा एमाले तारकेश्वर नगर कमिटिको अध्यक्षमा बासु गौतम निर्वाचित भएका छन । अध्यक्षका प्रतिष्पर्धी कञ्चन भट्टलाई ११ मत अन्तरले पराजीत गदै गौतम अध्यक्षमा निर्वाचीत भएका हुन् । गौतम १०१ मत सहित बिजयी भए भने भट्टले ८९ मत मात्र प्राप्त गरे । यस अघि पनि तारकेश्वर नगरकमिटीका अध्यक्ष रहनुभएका गौतम एमाले पङतीमा इमान्दार नेताको रुपमा परिचीत छन् । गौतमसंग प्रतिष्पर्धी भट्ट तारकेश्वर नगरपालिकाका पुर्व कर्मचारी हुन् ।
अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गराउने प्रयास भएपनि सहमती हुन नसकेपछि अध्यक्ष, उपाध्यक्ष, सचिब लगायतका पदमा निर्वाचन भएको थियो । कुल २०१ मतदाता मध्य १९४ मत खसेको थियो । अध्यक्ष पदमा ४ मत बदर भएको छ ।
उपाध्यक्षमा राजु तिमिल्सना १०५ मत सहित बिजय भएका छन । उपाध्यक्षका प्रतिष्पर्धी श्याम गजुरेलले ७९ मत प्राप्त गरेका छन ।
त्यस्तै सचिवमा रबिन्द्र के.सी १३५ मत सहित बिजयी भएका छन् । सचिबका प्रतिस्पर्धी बलराम सीटौलाले ५० मत प्राप्त गरे । सचिबका प्रतिष्पर्धी दुवै यस अघि तारकेश्वर नगरपालिकाका वडा अध्यक्ष हुन् ।
उप–सचिवमा भने सर्बसम्मत रुपमा मनोहर थापा र सरस्वती जोशी चयन भएका छन् भने लेखा समितिको अध्यक्षमा आलोक गजुरेल निर्वाचित भएका छन । अधिवेशनबाट ७५ सदस्यीय कमिटी चयन गरेको छ ।सोमबार साँझ नेपालटार स्थीत कान्तिपुर एवि पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा निर्वाचीत नगरकमीटीका पदाधीकारी तथा सदस्यहरुलाई सपथ खुवाइएको छ । सपथमा बाग्मती प्रदेश सभाका सदस्य एवं एमालेका नेता अमन मास्के, नेकपा एमालेका नेता एवं तारकेश्वर नगरपालिकाका पुर्व मेयर रामेश्वर बोहरा लगायतको उपस्थीति रहेको थियो ।

सगरमाथा पोस्ट

प्रतिक्रिया दिनुहोस्