२५६८ औँ बुद्ध जयन्तीको तयारी पूरा : लुम्बिनी बिकास कोश

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ८ जेष्ठ २०८१, मंगलवार
2 Min Read
Aa

लुम्बिनी । २५६८ औँ बुद्ध जयन्तीको तयारी पूरा भएको लुम्बिनी बिकास कोशले जनाएको छ ।  बुद्ध जयन्तीका अवसरमा जेठ ९,१० र ११ गतेका दिन विभिन्न उत्सवकारुपमा मनाउने गरि तयारी पूरा भएको लुम्बिनी बिकास कोशले जनाएको छ ।  बुद्ध जयन्ती एवं लुम्बिनी दिवस सम्पन्न गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा लुम्बिनी बिकास कोसका अध्यक्ष हितबहादुर तामाङको संयोजकत्वमा ५ सय ६८ सदस्यीय आयोजक समिति र उपाध्यक्ष तथा संविधान सभा सदस्य डाक्टर ल्यार्काल लामाको संयोजकत्वमा मुल व्यवस्थापन समिति गठन भएको लुम्बिनी बिकास कोसका कोषाध्यक्ष  तथा प्रचार संयोजक ढुण्डिराज ( सिद्धिचरण )भट्टराईले जानकारी दिनुभयो ।

कोषाध्यक्ष ढुण्डिराज (सिद्धिचरण)भट्टराईको संयोजकत्वमा प्रचारप्रसार र रामग्राम देबदह समन्वय उप समिति, सदस्य सचिव सानु राजा शाक्यको संयोजकत्वमा सुरक्षा तथा स्वयंसेवक समिति गठन गरि बुद्ध जयन्तीको तयारी गरिएको छ । जेठ १० गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा २५६८ औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवस विशेष समारोह हुने लुम्बिनी बिकास कोसका उपाध्यक्ष डाक्टर ल्यार्काल लामाले बताउनुभयो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा लुम्बिनी बिकास कोसका अध्यक्ष हितबहादुर तामाङ सहित मन्त्री, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्य मन्त्री, प्रतिनिधि सभा सदस्य, कूटनीतिक नियोग, विदेशी पाहुनाहरूको समेत सहभागिता हुने उपाध्यक्ष लामाले बताउनुभयो । जेठ ९ गते साँझ दुतावाससंगको साझेदारीमा सांस्कृतिक कार्यक्रम, महापरित्राण पाठ हुने उपाध्यक्षले बताउनुभयो ।

मुल समारोहका दिन १० गते बिहान ६ बजेदेखि अन्तर्राष्ट्रिय भिक्षु भिक्षुणीहरूको सहभागितामा प्रार्थना सभा, बिहान ७:३० बजे ५ नं गेटबाट शोभा यात्रा हुने छ । उपाध्यक्ष लामाले भन्नुभयो, लुम्बिनीमा नेपाल , भारत, श्रीलङ्का सम्म पुग्ने गरि त्रिदेशीय मोटरसाइकल यात्रा हुने छ, अस्ति धातु रहेको रामग्राममा पण्डितपुर देखि रामग्राम सम्म अस्तु यात्रा, प्राचीन तिलौराकोट दरबारमा र देबदहमा पनि बुद्ध जयन्तीमा कोष र स्थानीय तहहरुले विविध कार्यक्रम गरि मनाइँदै छ । बुद्ध जयन्तीको भोलिपल्ट बोधिसत्त्व सिद्धार्थको शोभा यात्रा जेठ ११ गते हुने र शिशु बोधिसत्त्वको घर फिर्तीको झल्को दिने गरि लुम्बिनीबाट मायादेवी मार्ग हुँदै प्राचीन कपिलवस्तुमा शोभा यात्रा गरिने लुम्बिनी बिकास कोशका सदस्य सचिव सानु राजा शाक्यले जानकारी दिनुभयो ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array