१९ प्रहरी सम्पर्कविहीन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ११ जेष्ठ २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाडौं : नेपाल प्रहरीले गैरहाजिर रहेका आफ्ना १९ कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।

प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गरी दुई महिनाभन्दा बढी समयदेखि गैरहाजिर रहेका नेपाल प्रहरीका विभिन्न दर्जाका प्रहरीहरूलाई एक साताभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन निर्देशन दिएको हो।

खोजतलास गराउँदा र प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत सम्पर्कमा नआएको भन्दै कार्यालयले उनीहरूलाई बाटोको म्यादबाहेक गैरहाजिर हुनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित सात दिनभित्र हाजिर हुन आउन भनेको छ।

नभए प्रहरी नियमावलीअनुसार सेवाबाट हटाउने  चेतावनी पनि कार्यालयले दिएको छ।

 

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array