प्रतिनिधिसभा बैठक कार्यसूचीमा प्रवेशनै नगरी जेठ १३ गते बस्नेगरी स्थगित

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ११ जेष्ठ २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठक सुरू भएलगत्तै कांग्रेसका सांसदहरूले उठेर विरोध जनाएका थिए । कांग्रेसको विरोधपछि सभामुख देवराज घिमिरेले जेठ १३ गते आइतबार बिहान ११ बजे बस्नेगरी बैठक स्थगित गरेको जानकारी गराए । सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको र छानबिनका लागि संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array