नेपालमा कोरोना भाइरसको नयाँ सब भेरियन्ट केपी.१ र केपी.२ पुष्टि

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ११ जेष्ठ २०८१, शुक्रबार
2 Min Read
Aa

काठमाडौं- नेपालमा कोरोना भाइरसको दुईवटा नयाँ सब-भेरियन्ट केपी.१’ र ‘केपी.२’ पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी.१ र केपी.२’ पुष्टि भएको हो। सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार अमेरिका, चीन,सिंगापुर भारत लगायतका मुलुकहरुमा यसअघि नै देखा परिसकेको ओमिक्रोनको उक्त सबभेरियन्ट संक्रामक भएपनि कम घातक रहेको छ। विदेशमा उक्त भेरियन्ट देखिएसँगै थालिएको अध्ययनका आधारमा यस सब-भेरियन्टका कारण गम्भीर अवस्थामा पुगेर अस्पताल भर्ना हुनुपर्ने स्थिती सृजना नभएको डा पुनको तर्क छ।

कोरोना भाइसरले समय अनुसार गरेको स्वरुपको परिवर्तनसँगै नेपालमा पनि उक्त सब-भेरियन्ट देखिएको उनी बताउँछन्। ‘यसअघि देखिएको ओमिक्रोनको सबभेरियन्ट भन्दा केही कडा भएपनि संक्रामक भने देखिएको छ, यद्यपि आतिहाल्नु पर्ने अवस्था भने होइन’, उनले भने। यसले पूरा भेरियन्टहरुलाई प्रतिस्थापन गरिरहेको अवस्थामा आत्तिनुपर्ने अवस्था नरहेपनि दीर्घ रोगी तथा उमेर ढल्केका मानिसहरुले भने सतर्कता अपनाउनैपर्नेमा उनी जोड दिन्छन्।

मार्च महिनातिर कोरोना संक्रमणका कारण दर्जनौं बिरामीहरु टेकु अस्पताल भर्ना भएपनि हाल त्यस्तो अवस्था नरहेको डा पुन बताउँछन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैसीले पनि नयाँ देखिएको सब-भेरियन्ट कम घातक रहेको जानकारी दिए । उनका अनुसार देशभरीमा आएका ओमिक्रोन पोजेटिभ भाइरसहरुमा जिन सिक्वेन्सिङको क्रममा उक्त सब-भेरियन्ट फेला परेको हो। ‘नियमित रुपमा गरिने सर्भिलेन्स कार्यक्रम अन्तर्गत उक्त सब भेरियन्टलाई केपी .१ र केपी .२ नामकरण गरिएको उनले बताए। भाइरसले स्वरुप परिवतर्न गर्दै जाँदा नयाँ रुप देखिएको उनको तर्क छ। विभिन्न जिल्लाबाट आएको नमुनालाई जिन सिक्वेन्सिङ गर्दा केपी .१  सबभेरियन्ट १२ जनामा र केपी .२ सबभेरियन्ट १७ जनामा देखिएको हो,’ उनले भने ।

swasthekhabar

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array