काठमाडौं-तराई/मधेस द्रुतमार्ग सडक आयोजना अन्तरगत धेद्रे सुरुङमार्ग छिचोलियो

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ११ जेष्ठ २०८१, शुक्रबार
1 Min Read
Aa

नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत प्याकेज नं.२ मा रहेको मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधीन धेद्रे सुरुङमार्गको जोडी सुरुङ (Twin Tube Tunnel) मध्ये १,६५३ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग आज मिति २०८१ ज्येष्ठ ११ गते छिचोलिएको छ ।   यसै गरी मिति २०८१ ज्येष्ठ ०४ गते लेनडाँडा सुरुङमार्गको जोडी सुरुङ मध्ये काठमाडौँबाट निजगढतर्फ जाने १,६३३ मिटर लम्बाइको सुरुङमार्ग छिचोलिएको थियो ।  आजको कार्यक्रम माननीय रक्षा मन्त्री श्री हरि प्रसाद उप्रेती, प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा, रक्षा सचिव श्री किरण राज शर्मा, रथीवृन्द लगायत द्रुतमार्ग निर्माणमा सहभागी सैनिक तथा गैर सैनिक व्यक्तिहरुको उपस्थितिमा भएको थियो । सोही अवसरमा माननीय रक्षा मन्त्रीले गत हप्ता छिचोलिएको लेनडाँडा सुरङमार्ग लगायत द्रुतमार्गका निर्माणाधीन संरचनाहरुको अवलोकन गर्नु भएको  थियो ।

 

सगरमाथा पोस्ट

प्रतिक्रिया दिनुहोस्