आफ्नै दाई पक्राउ गराउनेलाई नै विप्लवले नेता बनाउन खोजेपछि पत्रकार संगठनमा भाडभैलो

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १२ जेष्ठ २०८१, शनिबार
8 Min Read
Aa

काठमाडौँ । नेकपाका तत्कालिन लुम्बिनी गण्डकी कमाण्ड इन्चार्ज तथा विप्लवका आफ्नै दाई चन्द बहादुर चन्द ‘बिरजंग’लाई गिरफतार गराउने तत्कालिन पत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रेलाई नै नेपाल पत्रकार महासंघको चुनावमा उम्मेदवार बनाउने र त्यसपछि पत्रकार संगठनको नेता बनाउने गरी अनिल शर्मा मार्फत विप्लवले संगठनको सचिवालय बैठकमा प्रस्ताव राखेपछि जनपत्रकार संगठनमा भाडभैलो भएको छ।

शुक्रबार काठमाडौँमा बसेको जनपत्रकार संगठनको सचिवालय बैठकमा आगामी जेठ २६ गते हुने निर्वाचनमा जनपत्रकारको तर्फबाट केन्द्रीय पदाधिकारीको उम्मेदवार बनाउने प्रस्ताव संगठनका फ्याक्सन इन्चार्ज अनिल शर्मा बिरहीले राखेपछि बैठकमा भाडभैलो मच्चिएको हो।

संगठनका अध्यक्ष नै रहेका बेला २०७६ सालमा प्रकाश डुम्रेले कैलालीको हरैयामा माओवादीले जनयुद्ध कालमा कब्जा गरेर सुकुम्वासी राखेको जमिन्दारको जग्गाबाट सुकुम्वासी हटाउन भूमिका खेल्ने सर्तमा पोखराका जग्गा दलाल बिमल बस्यालसँग ५ लाख रकम लिएर खाएका थिए। पार्टीमाथि प्रतिबन्ध भएको र पार्टीका अन्य नेताहरुसँग सुकुम्वासीको सम्पर्क हुन नसक्ने अवस्थाको फाइदा उठाउदै डुम्रेले हामि नै पार्टीका प्रतिनिधि हौँ पार्टीले हट भनेको छ भनेर  सुकुम्वासीलाई धम्याकुदै दलाललाई सघाएका थिए।

५ लाख पैसा मात्र खाएनन्, जग्गा दलाल बस्याललाई सघाउन संगठनका तत्कालिन महासचिव हिम बिस्टलाई लिएर उनि बस्यालकै गाडीमा पोखराबाट कैलाली पुगेर सुकुम्वासीलाई हटाउन पार्टीको प्रतिनिधि भएर भूमिका समेत खेलेका थिए। जव कि उक्त जग्गासँग जोडिएका कसैसँग पनि पार्टीले चन्दा नलिने र जग्गा दलाल तथा भूमाफिया बिरुद्ध संघर्ष गर्दै जाने गर्ने भनि काराबाहीको सुचिमा राखेको थियो।

हरैया जग्गा धनीको घरमा बम हान्दा गएको थियो आफ्नै कार्यकर्ताको ज्यान !

जनपत्रकारका नेता प्रकाश डुम्रे र हिम बिस्ट स्वयम् सहभागी भएर सुकुम्वासीलाई हटाएर जग्गा दलाल बिमल बस्याललाई सघाउन गएको जग्गा धनीको घरमा बम बिस्फोट गराउने क्रममा विप्लवका कार्यकर्ता चन्द्रबहादुर सिंह “सनराइज”को ज्यान गएको थियो।

तत्कालिन वेला विप्लव माओवादीले स्थानिय चुनाव बहिष्कार गर्ने निर्णय गरेका कारण  सोही प्रयोजनका लागि तयार भएको विस्फोटक पदार्थ बिस्फोट भएको होला भनेर पार्टीका कार्यकर्ता र प्रहरी प्रसाशनले अनुमान लगायो तर पार्टीमा निर्णय भने हरैया जग्गा धनिको घरमा बिस्फोट गर्न जाने बनाएको बेला घटना भएको विप्लवका तत्कालिन सेती महाकाली ब्यूरो इन्चार्ज ओम प्रकाश पुनले बताएका थिए।

पुनले भने – “तत्कालिन बेला सुकुम्वासीलाई हटाएर जग्गा बेच्ने योजना बनाएका कारण पार्टीले हरैया जग्गाको जमिन्दारको घरमा बम बिस्फोट गरेर चेतावी दिने निर्णय गर्यो।  सोही योजनामा जाँदा सनराइजको ज्यान गयो, दुखको कुरा सोही जग्गाका कारण आफ्नै कार्यकर्ताको रगत बगेको जमिन दलाललाई फिर्ता गराउन पार्टीकै पत्रकार संगठनका अध्यक्ष र महासचिवले दलालसँग पैसा खाएर सुकुम्वासी हटाउन बस्तीमै पुगे। ”

प्रकाश डुम्रे र हिम बिस्टले जग्गा दलाल बिमल बस्यालसँग ५ लाख पैसा र एउटा स्कुटर लिएर अपचलन गरेको ६ महिनापछि मात्र विप्लवले सूचना पाएपछि नेता अनिल शर्मा र आफ्नै दाजु बिरजंगलाई अनुसन्धानको जिम्मा दिएका थिए। अनिल शर्माले प्रकाश डुम्रे र हिम बिस्टलाई चितवन बोलाएर स्पष्टिकरण लिएपछि उनीहरुले आफु जोगिन संगठनका केन्द्रीय सदस्य ओम हमालले पैसा लिएको र आफुहरुले बिमल बस्याललाई नचिनेको झुटो बयान दिएका थिए।

त्यसपछि आफुलाई डुम्रेले अनाहकमा फसाउन खोजेपछि हमालले बिमल बस्यालसँग डुम्रे र बिस्ट सुकुम्वासी बैस्तिमै गएको भिडियो र डुम्रेसँग फोनमा भएको संवाद एक्सपोज गरिदिएपछि डुम्रे र बिस्टलाई कारबाही गरेर जिम्मेवारीबाट हटाइ दस्तावेजमै डुम्रे प्रवृतिको किटान गर्दै तलसम्म सर्कुलर पठाईएको थियो।

सर्कुलरको बुँदा नम्बर ६ मा “पार्टीले संघर्ष गरिरहेको हरैया जग्गाको दलालसँग पत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रे, महासचिव हिम बिस्ट र केन्द्रीय सदस्य ओम हमालले रकम लिएर अपचलन गरेको पुष्टि भएकाले अनिश्चित कालका लागि सम्पूर्ण जिम्मेवारीबाट हटाइ कारबाही गरिएको” भन्ने उल्लेख गरिएको थियो। डुम्रेलाई कारबाही गरेर विप्लवले पत्रकार संगठनको अध्यक्षमा अछामका शेरवहादुर विश्वकर्मालाई ल्याएका थिए।

घटना लुकाउन विप्लवकै दाईलाई प्रकाउ (सोही कारण बिरामी भइ मृत्यु)

प्रकाश डुम्रे र हिम बिस्टले पोखराका जग्गा दलाल बिमल बस्यालसँग ५ लाख रकम लिएर बाडिचुडी खाएको र स्कुटर लिएर हिम बिस्टको श्रीमतीलाई चढ्न दिएको बदमासी लुकाउन, आफ्नो झुटो बयान साचो सावित र गर्न र कारबाहीबाट बच्न प्रकाश डुम्रेले ३ जनालाई प्रहरी लगाई पक्राउ समेत गराएका थिए।

अनिल शर्माले लिएको बयानमा बिमल बस्याललाइ नचिनेको नभेटेको र ओम हमालले पैसा लिएको झुटो बयान दिएपछि थप अनुसन्धान गर्न विप्लवले आफ्नै दाजु तत्कालिन कमाण्ड इन्चार्ज विरजंगलाई अनुसन्धानको जिम्मा दिएका थिए।

सो क्रममा कास्कीका तत्कालिन जिल्ला इन्चार्ज कृष्ण वाग्ले “रुपेश”लाई विरजंगले ३ दिनपछि भेटेरै पैसा लिए नलिएको भेरिफाइ गर्ने र पुष्टी भए कारबाही गर्ने योजना बनाएपछि रुपेशसँग बिरजंगको भेट नहोस् भन्ने हेतुले प्रकाश डुम्रेले चितवनबाट संगठनका केन्द्रीय सदस्य ओम हमाललाई रुपेशको अन्तर्वार्ता लिन पठाए र हमाललाई समेत थाहाँ नहुने गरि गण्डकी प्रदेशको अनुसन्धानका प्रहरी खटाएर ओम हमाल र रुपेशलाई गिरफ्तार गराएर आफु माथिको अनुसन्धानलाई प्रभावित पारेका थिए।

रुपेशको पक्राउपछि दाङमा बसेको पार्टी केन्द्रीय समितिको बैठकले डुम्रेको सो घटनाबारे अनुसन्धान गर्न विप्लवका दाजु बिरजंगकै नेतृत्वमा ३ सदस्सीय छानविन कमिटी बनाएको थियो। उक्त छानविन समिति बनाएकोबारे डुम्रेले सूचना पाएपछि प्रहरीको बिशेष ब्यूरोलाई खबर गरी बिरजंगलाई पक्राउ गराएका थिए। पार्टीको केन्द्रीय समिति बैठक सकेर सोही ठाउँमा ब्यूरोको बैठक बसिरहेका बेला प्रहरीको केन्द्रीय अनुसन्धन ब्युरो काठमाडौँबाट गएको टोली र दाङको संयुक्त टोलीले बिरजंगसहित २१ जनालाई पक्राउ गरेको थियो। नेता कार्यकर्ता पक्राउ गराएको भन्दै विप्लवको सेनाले दाङका एक जना कार्यकर्तालाई कपिलबस्तु ल्याएर कुटी कुटी हत्या गरेर खाल्डोमा गाढेको थियो ।

पक्राउपछि प्रहरी हिरासतमा रहेका बिरजंगले केन्द्रीय समिति बैठक सकिएपछि पक्राउ पर्नुभन्दा अघिल्लो दिन प्रकाश डुम्रे बाहेक अरु कसैसँग पनि सम्पर्क नभएको र घटना रहस्यमय भएकाले आफु जेलमुक्त भएपछी मात्र सोबारे मुख खोल्ने र अनुसन्धान थाल्ने बयान मानवअधिकारवादीलाई दिएका थिए। बिरामी अवस्थामै पक्राउ परेका विरजंगलाई प्रहरीले विभिन्न ठाउँ गुमाउदै यातना दिएपछि उनि झन् बिरामी परेका थिए, भने रिहा भएको केही समयमै उनले डुम्रेले प्रकाउ गराएकोबारे अनुसन्धान गर्न नपाउदै उनको उपचारकै क्रममा मृत्यु भएको थियो।

 विवादित पात्रलाई विप्लवले बोकेपछि पार्टी भित्र असन्तुष्टि 

जग्गा माफिया बिरुद्ध संघर्ष गर्दा आफ्नै कार्यकर्ताको ज्यान गएको जस्तो गम्भीर प्रकृतिको सुकुम्वासी बस्ति हटाइ दलाललाई सघाएर आफैले कारबाही गरेको र विप्लवका दाई बिरजंगलाई पक्राउ गराई मृत्यु हुने स्थितिमा पुर्याएको प्रकाश डुम्रेलाई विप्लवले बोकेर पत्रकार महासंघको चुनावमा केन्द्रीय पदाधिकारीको उम्मेदवार बनाउने र क्रमस पार्टीको पत्रकार संगठनको अध्यक्ष समेत बनाउने योजना बनाएपछि पार्टी भित्र चर्को विवाद भएको छ ।

पार्टीका अधिकाँस केन्द्रीय सदस्यहरुले संगठन भन्दा बाहिरबाट विवादित छवि भएका व्यक्तिलाई उम्मेदवार बनाउन नहुने भन्दै त्यस्तो प्रस्ताव स्वीकार गर्न नसकिने बताएका छन । केन्द्रीय सदस्यहरुले डुम्रेलाइ अगाडि सारेर विप्लवले पत्रकार संगठनमा गम्भीर विवाद ल्याउने काम गरेको आरोप लगाएका छन ।

जनपत्रकार संगठनको यसअघि नवलपुरको भुताहमा बसेको बैठकले संगठनका केन्द्रीय उपाध्यक्ष जानकी चौधरी, सचिव वसन्त विक, सदस्य शोभराज वराल, साहस भट्ट र सुदर्शनराज पाण्डेलाई महासंघको चुनावमा उम्मेदवार बनाउने संस्थागत निर्णय गरेको थियो ।

सुक्रवार काठमाडौँमा बसेको बैठकमा भने अघिल्लो बैठकको निर्णय नै बदर हुने गरी नेकपाका स्थायी समिति सदस्य अनिल शर्माले डुम्रेलाई प्रस्ताव गरेपछि सहभागीहरुले गम्भीर आपत्ति जनाएका छन । अधिकाँस केन्द्रीय सदस्यहरुले संगठनको निर्णय विना झ्यालबाट प्रकाशको नाम आएकोले संगठनमा अरु कोही सक्षम छैनन् जस्तो गरी इमान्दार कार्यकर्तालाई पेल्ने र बेमान तथा दलाली गर्नेहरुलाई स्थान दिने गरि आएको निर्णय सच्यान विप्लवलाई चेतावनी दिएका छन्।

संगठनका अध्यक्ष शेरवहादुर विश्वकर्माले विप्लव नै डुम्रेलाई उम्मेदवार बनाउन हात धोएर लागेकाले आफुहरुले केही गर्न नसक्ने निरिह भनाई राखेका थिए। त्यसपछि बैठकमा चर्काचर्की भएपछी बैठक बिना निष्कर्ष टुंगिएको छ। बैठकमा अधिकाँस केन्द्रीय सदस्यहरुले महासचिव विप्लवसंग भेटेर वार्ता गर्ने र यदि त्यसवाट समस्या समाधान नभए डुम्रेको उम्मेदवारीमा सहयोग नगर्ने र प्रस्ताव अस्वीकार गर्ने चेतावनी दिएका छन ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array