पोलियो विरुद्ध आईपीभी खोप कार्यक्रम भोली देखि सुरु हुंदै, तारकेश्वर १० मा ८ वटा खोप केन्द्र निर्धारण

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १२ जेष्ठ २०८१, शनिबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । तारकेश्वर नगरपालिकामा पोलियो विरुद्ध आईपीभी राष्ट्रिय खोप कार्यक्रम भोली जेठ १३ देखि २६ गतेसम्म सञ्चालन हुंदैछ ।
तारकेश्वर नगरपालिकाका ११ वटै वडाहरुमा सञ्चालन हुने खोप कार्यक्रमका लागि सम्पुर्ण तयारी पुरा भएको तारकेश्वर नगरपालिकाको नगर स्वास्थ्य शाखा प्रमुख बिनोद कुमार शाहले बताउनुभयो ।
यसै बिच पोलियो विरुद्ध आईपीभी राष्ट्रिय खोप कार्यक्रमलाई व्यवस्थीत रुपमा सञ्चालन गर्नका लागि तारकेश्वर नगरपालिका वडा नं १० स्थीत स्थानीय खोप समन्वय समितिको शुक्रबार बैठक बसेको छ ।
वडा अध्यक्ष कुमार राईको सभापतित्वमा बसेको बैठकमा तारकेश्वर नगर कार्यपालिका सदस्य एवं वडा सदस्य शान्ता थपलिया, वडा सदस्यहरु बिक्रम महर्जन,रत्न परियार, शहरी स्वास्थ्य केन्द्र तारकेश्वर १० को प्रमुख रश्मी केसी, वडा सचिब स्वस्तिका कार्की, खोप समन्वय समितिका समितिका सदस्यहरु मिना थापा, केदार रिजाल लगायतको उपस्थीति रहेको थियो ।
बैठकमा वडा अध्यक्ष कुमार राईले खोप कार्यक्रमलाई वडामा व्यवस्थीत रुपमा सञ्चालन गर्न तथा वडा भित्र बसोबास गर्ने बालबालिकाहरुलाई नछुटने गरि कार्यक्रम सञ्चालन गर्न वडा स्थीत शहरी स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिनुभयो ।
शहरी स्वास्थ्य केन्द्र तारकेश्वर १० की प्रमुख रश्मी केसीले बैठकमा खोप कार्यक्रमका बारेमा बिस्तृत जानकारी दिनुभएको थियो ।
पोलियो विरुद्ध आईपीभी राष्ट्रिय खोप कार्यक्रमका लागि तारकेश्वर १० मा ८ वटा खोप केन्द्र निर्धारण गरिएको तारकेश्वर नगरपालिकाको नगरस्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक गणेश कुंवरले जानकारी दिनुभयो । यस कार्यक्रममा तारकेश्वर १० मा करिब १४ सय बालबालिका सहभागी हुने छन् भने तारकेश्वर नगरपालिका भित्र करिब १४ हजार बालबालिकालाई खोप लगाउने कार्यक्रम रहेको कुंवरले बताउनुभयो ।

वडा भित्र कहाँ कहिले खोप लगाइन्छ ?

No description available.

नेपालमा कोरोना महामारी लगायतका बिभिन्न कारणले २०७३ बैशाख देखि २०७५ असोजसम्म जन्मीएका बच्चाहरुलाई पोलियो विरुद्धको आई.पि.भि खोप लगाउन सकिएको थिएन् । उक्त अवधीमा आई.पि.भि खोप लगाउन छुटेका बालबालिकाहरुलाई यस पटक सरकारले देशव्यापी रुपमा खोप लगाउन लागेको हो । २०७५ असोज पछाडी जन्मीएका बालबालिकाहरुलाई सरकारले नियमित खोपमा नै पोलियो विरुद्धको उक्त खोप लगाँउदै आएको छ ।

No description available.

No description available.

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array