अनुसन्धान जीवनभर नसकिने प्रक्रिया भएको  पूर्व राजदूत पाण्डेको धारणा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १३ जेष्ठ २०८१, आईतवार
2 Min Read
Aa

काठमाडौं । मदन भण्डारी मेमोरियल कलेजद्वारा ‘सामाजिक अनुसन्धान’ विषयमा आयोजित ३ दिने तालिम’ शनिवार सम्पन्न भएको छ । कलेज अन्तर्गत विभिन्न संकायका शिक्षक तथा कर्मचारीहरूका लागि उक्त तालिम आयोजना गरिएको हो । विभिन्न विधामा अध्ययन सामग्रीहरूको जर्नल ‘श्वेत शार्दूल’ प्रकाशित गर्दै आएको कलेजले विश्व विद्यालय अनुदान आयोगको सहयोगमा जेठ १० देखि १२ गतेसम्म नयाँबानेश्वरस्थित सभाहलमा सञ्चालन गरिएको थियो ।

कलेज प्रमुख डाक्टर बाबुराम अधिकारीले मदन भण्डारी कलेज अन्तर्गत विभिन्न संकायका सदस्यहरूलाई अनुसन्धानमूलक काममा थप दक्ष बनाउँदै लैजाने उद्धेश्यकासाथ तालिम आयोजना गरिएको बताउनु भयो ।  शनिवार तालिमको समापन गर्नुहुँदै डाक्टर अधिकारीले कलेजको उद्धेश्य पुरा भएकोमा खुसी व्यक्त गर्दै विश्व विद्यालय अनुदान आयोग, श्रोतव्यक्ति, कलेजका कर्मचारी तथा सहभागी शिक्षकहरू सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

उक्त तालिमको उद्‌घाटन विश्व विद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक डाक्टर देवराज अधिकारीले गर्नुभएको थियो । उक्त अवसरमा उहाँले विश्व विद्यालय अन्तरगतका आङ्गिक कलेजहरूमा अनुसन्धान गर्ने र प्रकाशन गर्ने परिपाटीमा कमी देखिएको र त्यसको विकासको लागि आयोगले अनुदानको व्यवस्था गर्दै आएको बताउनु भएको थियो ।

उद्‌घाटन सत्रका अध्यक्ष एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले तालिम पश्चात मदन भण्डारी कलेजका सहभागीहरूले अन्य कलेजहरूद्वारा भविष्यमा आयोजना हुने तालिममा श्रोतव्यक्तिका रूपमा काम गर्न सक्षम हुने विश्वास व्यक्त गर्नुभयो । पूर्व परराष्ट्र मन्त्री समेत रहनु भएका पाण्डेले  अध्ययन अनुसन्धान मानिसको लागि कहिल्यै अन्त्य नहुने प्रकृया भएको धारणा राख्नु भयो । तालिममा प्राध्यापक डाक्टरहरू प्रेमसागर चापागाइँ, योगेन्द्र गुरूङ, ध्रुव कार्की, ताराप्रसाद भुषाल र विनोद पोखरेल त्यसैगरी, डाक्टर भीमलाल गौतम र डाक्टर अञ्जय मिश्रले सहजिकरण गर्नुभएको थियो ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array