प्रतिनिधिसभाको बैठक आज बस्दै

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १३ जेष्ठ २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।  बैठक आज बिहान ११ बजे बस्न लागेको हो । बैठकमा आज सरकारले सदनमा पेस गरेको आगामी आर्थिक वर्ष ०८/८२ को नीति तथा  कार्यक्रममाथि छलफल गर्ने लगायत १४ वटा सम्भावित कार्यसूची रहेको छ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने सरकारको तयारी छ ।   प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले समस्याग्रस्त सहकारी छानबिनका लागि गठन हुने भनिएको संसदीय समितिको कार्यादेशको विषयलाई लिएर  निरन्तर संसद् अवरोध गर्दै आइरहेको छ ।

समिति बनाउने विषयमा दुवै पक्ष तयार भए पनि कार्यादेश टुङ्गिन सकेको छैन । कार्यादेशको टुङ्गो लगाउन बनेको कार्यदलले  प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीका शिर्ष नेताहरूलाई कार्यादेशको टुङ्गो लगाउन जिम्मा दिएको छ । शिर्ष नेताहरूको शनिबार राती  बालुवाटारको बैठकले पनि कार्यादेशको विषय टुङ्गो लगाउन सकेन । शिर्ष नेताहरूको बैठक आजै पनि बस्दैछ ।  आजको बैठकले कार्यादेशको विषय टुङ्गो लगाउने अपेक्षा गरिएको छ ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array