गणतन्त्र दिवसको अवसरमा एन्जल्स हार्ट नेश्नल स्कुलले भोली निशुल्क आँखा शिविर आयोजना गदै

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १४ जेष्ठ २०८१, सोमबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । तारकेश्वर नगरपालिकामा वडा नं ९ स्थीत एन्जल्र्स हार्ट नेश्नल स्कुल तथा एन्जल्स किड्स मन्टेश्वरी प्रि स्कुलले गणतन्त्र दिवसको अवसरमा भोली जेष्ठ १५ गते निशुल्क आँखा शिवीर आयोजना गर्ने भएको छ ।
विद्यालयको प्राङगणभा भोली विहान १० बजे देखि ४ बजे सम्म सञ्चालन हुने आँखा शिविरमा स्कुलका विद्यार्थीहरु, अविभावकहरु, शिक्षक तथा कर्मचारीहरु र स्थानीयबासीहरुको सहभागीता रहने विद्यालयका प्रधानाध्यापक टक थापाले जानकारी दिनुभयो ।
शिविरमा विद्यालयका अविभावक तथा नेत्र रोग विशेषज्ञ डा. अरुण ढुंगानाको टोलीले शिविरमा निशुल्क आँखा परिक्षण, आधारभुत औषधी बिरतरण तथा आवश्यकता अनुसार चस्मा समेत निशुल्क बितरण गर्ने विद्यालयका प्रधानाध्यापक थापाले जानकारी दिनुभयो ।प्रधानाध्यापक थापाले बिद्यालयले आयोजना गर्न लागेको निशुल्क आँखा शिविरमा सहभागी भएर लाभ लिन सबैमा आग्रह गर्नुभयो ।
प्रधानाध्यापक थापाले नयाँ शैक्षिक सत्रको प्रथम इकाई परिक्षाको नतिजा समेत भोली बितरण गरिने बताउनुभयो ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array