नेपाल समाजवादी पार्टी (नेसपा)मा पछिल्लो अवधिमा पाँच सय बढी प्रवेश

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १६ जेष्ठ २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)मा पछिल्लो एक महिनको अवधिमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेका नेताकार्यकर्ता र स्वतन्त्र गरी पाँच सय बढी प्रवेश गरेका छन्। नेसपा केन्द्रीय कार्यालय तीनकुनेअनुसार पार्टीले जिल्लाभर सुरु गरेको संगठन विस्तार, निर्माण, पुनर्गठन क्रममा उनीहरू पार्टी प्रवेश गरेका हुन्। पार्टी केन्द्रीय कार्यालयमै पनि प्रवेश कार्यक्रम हुँदै आएको छ। आजैमात्र अर्जुन थपलिया, कुमार थपलिया, असिम थपलिया, प्रेम श्रेष्ठ, बद्री खड्का र अस्मिता पन्थी नेसपामा प्रवेश गरे।नेसपा महाधिवेशन आयोजक समिति संयोजक डा.बाबुराम भट्टराईलगायतले उनीहरूलाई पार्टी स्वागत गरेका हुन्।

केन्द्रीय कार्यालयकै भनाइमा नयाँ शक्ति अभियानमा लागेर पछि निष्क्रिय भएका मानिसहरूसमेत नेसपामा आउन थालेका छन्। पार्टीबाट माओवादी धारका नेताकार्यकर्ता बाहिरिएपछि पार्टी चलायमान, जनताको आकर्षण, पार्टी प्रवेशको घुइँचो र वास्तविक रूपमै वैकल्पिक राजनीति शक्तिको रूपमा अगाडि बढेको नेताहरूले बताएका छन्। पार्टीमा भित्रिएकाहरूलाई उचित जिम्मेवारी दिएर वैकल्पिक शक्तिको अभियानमा खटाइने बताइएको छ। नेसपाले प्रत्यक्ष निर्वाचित राष्ट्रपति, प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको एजेन्डा अगाडि सारेको छ। पार्टीमा पनि वडा तहबाटै प्रत्यक्ष निर्वाचित नेतृत्वको नीति रहेको नेसपाले बताएको छ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array