१६ जिल्लाका सिडिओको सरुवा, गृहका २५ जना सहसचिवको सरुवा, कस्को सरुवा कहाँ ?

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १७ जेष्ठ २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौं : सरकारले १७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)सहित २५ जना सहसचिवको सरुवा गरेको छ। गृह मन्त्रालयले बुधबार सुनसरी, कास्की, चितवन, मकवानपुर, सप्तरी, सर्लाहीलगायत जिल्लाका सिडिओलाई सरुवा गरेको हो।

सुनसरीका सिडिओ जयनारायण आचार्यलाई कारागार व्यवस्थापन विभागमा सरुवा गरिएको छ भने त्यहाँ रामचन्द्र तिवारीलाई सिडिओको जिम्मेवारी दिइएको छ।त्यस्तै मकवानपुरका सिडिओ सूर्यप्रसाद सेढाईलाई काभ्रे सरुवा गरिएको छ भने तिनको ठाउँमा तीर्थराज चिलुवालाई पठाइएको छ। त्यस्तै चितवनका सिडिओ भुपेन्द्र थापालाई सिन्धुपाल्चोक सरुवा गरिएको छ भने त्यहाँ इन्द्रदेव यादवलाई पठाइएको छ। त्यस्तै कास्कीका सिढिओ बासुदेव घिमिरेलाई गृह मन्त्रालय तानिएको छ भने त्यहाँ भरतमणि पाण्डेलाई पठाइएको छ।त्यस्तै अध्यागमन कार्यालय त्रिअबिमा सुरेश पन्थीलाई पठाइएको छ भने त्यहाँ रहेका नरबहादुर थापालाई भोजपुरको सिडिओको जिम्मेवारी दिइएको छ।

null

null

ffg

सगरमाथा पोस्ट

प्रतिक्रिया दिनुहोस्