टोखा नगरपालिकालाई बुझायो काँग्रेसले ज्ञापनपत्र, मागका बिषयमा गम्भीर नभए प्रतिरोधमा उत्रने काँग्रेसको चेतावनी

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १८ जेष्ठ २०८१, शुक्रबार
4 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । नेपाली काँग्रेस टोखा नगर कार्यसमितिले सुशासन,आर्थिक पारदर्शीता, सार्वजनीक सम्पत्ती संरक्षण लगायतका माग सहित आज टोखा नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।
नेपाली काँग्रेस टोखा नगर कार्यसमितिका सभापति ओमकृष्ण बिमलीको नेतृत्वमा गएको टोलीले नगरप्रमुख प्रकाश अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो ।
तिन पृष्ठ लामो ज्ञापनपत्रमा टोखा नगरपालिकाको भौतिक पुर्वाधार, सार्वजनीक जग्गा संरक्षण, नगरपालिकाबाट भइरहेको खरिद, स्वास्थ्य सेवा तर्फ, शिक्षा तर्फ, नगरको कर असुली तर्फ, खानेपानी, सरसफाई तथा पर्यावरर्ण तर्फ, भाषा, संस्कृति, पहिचान संरक्षण, आर्थिक मितव्ययिता तर्फ र डिपिआर निर्माण लगायतको बिषय उल्लेख गरिएको छ ।
ज्ञापनपत्र बुझाँउदै नेपाली काँग्रेस टोखा नगर कार्यसमितिका सभापति ओम कृष्ण बिमलीले ज्ञापनपत्रका बिषयमा नगरपालिका गम्भीर नभए प्रतिबादमा उत्रने चेतावनी दिनुभयो ।
जिम्मेवार प्रतिपक्षको रुपमा पछिल्लो दुई बर्ष देखि काँग्रेसले टोखा नगरपालिकाको कामकारबाहीलाई नियाली रहेको बतँउदै सभापति बिमलीले नगरपालिका भित्रका गलत गतिविधिहरु नरोकिए काँग्रेस चुप लागेर नबस्ने बताउनुभयो ।
सार्वजनीक जग्गा संरक्षण गर्ने नगरपालिकाको काममा काँग्रेसको सदैब साथ रहेको बताँउदै सभापति बिमलीले जिम्मेवार जनप्रतिनिधिहरुनै सार्वजनीक जग्गा हडपने काममा संलग्न रहेकाले उनिहरुले बनाएको संरचनामा पहिला डोजर चल्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “वहालवाल वडा अध्यक्षलेनै सार्वजनीक जग्गा हडपेको हामी सवैले देखेका छौं, अदालतबाट समेत आदेश आएको छ तर नगरपालिकाले त्यो भत्काउन सकिरहेको छैन्, यदि नगरपालिकाले वडा अध्यक्षले हडपेको जग्गामा बनेको संरचना भत्काउन सक्दैन भने हामी यस्तै मास लगेर त्यो संरचना भत्काउने दिन नआवस”
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले काँग्रेसले उठाएका मागको बिषयमा आफुहरु सकारात्मक रहेको बताँउदै नगरपालिका भित्र भ्रष्टाचार भएको प्रमाणीत भएमा जो सुकैलाई कारबाही गरिने बताउनुभयो । उहाँले भन्नुभयो “तपाँईहरुले नगरपालिकाका बिषयमा गम्भीर आरोपहरु लगाउनु भएको छ, यहाँ भित्र कोही कसैले भ्रष्टाचार गरेको छ भने प्रमाण ल्याउनुस म कारबाही गर्न तयार छु”
जनताको मायाँ र सदभावका कारण आफुले दोश्रो कार्यकाल नगरप्रमुखको रुपमा बिजयी भएको बताँउदै नगरप्रमुख अधिकारीले नगरपालिकाको काम कारबाहीले ७५ प्रतिशत टोखाबासी सन्तुष्ट रहेको दावी गर्नुभयो ।

कार्यक्रममा काँग्रेसका नेता एवं टोखाका पुर्व वडा अध्यक्ष दिपक जोसीले टोखा नगरपालिका भित्र व्यापक भ्रष्टाचार बढेको बताँउदै भ्रष्टाचार रोक्न काँग्रेसले अव निरन्तर खबरदारी गर्ने बताउनुभयो ।
जोसीले आर्थिक मन्दीमा नगरवासी जनतालाई चरम करको भारी बोकाएर नगरपालिकाले कार्यक्रमको नाममा महंगा होटलहरुमा कार्यक्रम गरेर पैसा खर्च गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो “नगरपालिकाको यति राम्रो कार्यक्रम गर्ने हल छ तर यहाँका जनप्रतिनिधिहरुलाई सामान्य कार्यक्रम गर्ने बहानामा धुलीखेल देखि नगरकोट सम्म लगेर पैसा सिध्याइन्छ, यस्तो गलत काम तत्काल रोकिनुपर्दछ”

कार्यक्रममा पुर्व वडा अध्यक्ष उत्तम अधिकारीले टोखा ११ मा नगरप्रमुखले रिबन काटेर उद्धघाटन गरिएको आधारभुति विद्यालयनै बन्द भएको बताँउदै बहानाबाजी नगरी अबिलम्ब बिद्यालय सञ्चालन हुनुपर्ने बताउनुभयो ।
ज्ञापन पत्र बुझाउने क्रममा टोखा नगरपालिकाका उपप्रमुख मुरली तामाङ, प्रमुख प्रशासकिय अधिकृत शेर बहादुर बिसि, नेपाली काँग्रेस काठमाण्डौं क्षेत्र नं ६ ख को महिला विभाग प्रमुख निसा पाण्डे, टोखा नगरपालिकाका वडा नं १ का सभापति किशोर अधिकारी, वडा नं २ का सभापति हिराकाजी डंगोल, वडा नं ३ का सभापति अष्ट कुमार श्रेष्ठ, वडा नं ४ का सभापति रबिन्द्र श्रेष्ठ, वडा नं ६ का सभापति एवं वडा अध्यक्ष शान्ता पौडेल वडा नं ७ का सभापति तारा लामा, वडा नं ८ का सभापति उत्तम थापा, टोखा नगरपालिकाका वडा सदस्यहरु सरोज ठकुरी, तारा बहादुर थापा, ममता सुनुवार, इश्वरी आचार्य, नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि बिनोद जंघ केसी, आदीवासी जनजाती महासंघ टोखा सभापति ज्ञान बहादुर लामा,क्षेत्रीय प्रतिनिधीहरु, प्रदेश प्रतिनिधिहरु, टोखा नगर कार्यसमितिका पदाधीकारीहरु लगायतको उपस्थीति रहेका थियो ।
यस्तो छ काँग्रेसले बुझाएको ज्ञापनपत्र

No description available.

No description available.

No description available.

No description available.

fdgfg

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array